बडादसैँमा धेरैका घरघरमा पाक्ने खाद्य पदार्थमध्ये एक हो मासु । तर, मासु छनौट गर्दा, काट्दा वा पकाउँदा धेरै कुरामा ध्यान पु–याउनुपर्ने पोषणविद् प्राडा.उमा कोइराला बताउँछिन् । सुरक्षित तरिकाले मासु नखाएमा उल्टै बिरामी पर्न सकिने प्राडा.कोइरालाको भनाइ छ ।मासु खाँदा पौष्टिक तत्व प्राप्त हुन्छ । प्रायः धेरै नेपालीहरुले बडादसैँमा वर्षभरिमा सन्तुलन मिलाएर खान पुग्ने मासु दसैँको अवधिमा खाने चलन छ । तर, शरीरलाई चाहिने भन्दा बढि मासु खाँदा स्वास्थ्यमा नकारात्मक असर गर्ने पोषणविदहरु बताउँछन् ।त्यसैले