वैशाख १२, नयाँदिल्ली(भारत) । भारतको राजधानी दिल्लीमा कोरोना महामारीको विद्यमान अवस्थालाई ध्यानमा राख्दै दिल्ली सरकारले पुन : लकडाउनको अवधि थप एक हप्ता लम्ब्याएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले आइतवार लकडाउन लम्ब्याएको घोषणा गर्दै आगामी सोमवार विहान ५ बजेसम्म लागू हुने बताए ।
दिल्लीमा लागू गरिएको लकडाउन सोमवार विहानबाट सकिदै थियो । अक्सिनजको अभावका कारण सो क्षेत्रका कोरोना संक्रमितहरुले निक्कै सास्ती बेहोर्नु परिरहेको छ ।
उनले दिल्लीका लागि ४०० टन अक्सिजन तयारी हालतमा राखिएको छ जवकि त्यहाँ ७०० टन अक्सिजन जरुरत रहेको छ । भारतमा एक दिनमा ३ लाख ४९ हजार ६९१ नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ६० हजार १७२ पुगेको छ ।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले आइतवार विहान २ हजार ७६७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि भारतमा मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ३११ पुगेको छ । एजेन्सी