भारतबाट घर फर्किने बढे, भित्रिँदै कोरोना

छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्।पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा चेकजाँच गर्दा व्यापक रूपमा कोभिड संक्रमण भेटिएको हो। पछिल्ला दिनमा, भारतीय सीमा बजारमा किनमेल गर्न जानेमा पनि कोभिड संक्रमण भेटिन थालेपछि सीमामा कडाइ गर्नुपर्ने स्थिति देखिएको छ। तर, सीमा नाकामा नेपालको पर्याप्त सुरक्षा चेकजाँच

सम्बन्धित सामग्री

दसैंको मुखमा काम खोज्न भारत

कञ्चनपुरको गड्डाचौकी नाकामा घर फर्किने नेपालीको ठूलो भीड छ । उनीहरूको अनुहारमा दसैं मनाउन पाउने खुसी छचल्किएको छ । ठूल्ठूला झिटीगुन्टा बोकेर घर पुग्ने हतारमा दौडिरहेकाहरूको भीडमा पिठ्युँमा झोला बोकेर भारत पस्नेहरू पनि छन् । उनीहरू खिन्न देखिन्छन् । मलिन अनुहारका उनीहरू दसैं भित्रिँदै गर्दा रोजगारीका लागि मुलुकबाट बाहिरिँदै गरेका हुन् ।