सरकार–सरकार (जीटुजी) मार्फत नेपालले छिमेकी मुलुक भारतबाट दुई लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ ।बजारमा आपूर्ति व्यवस्था सहज पार्नका लागि आउँदो वर्ष जीटुजीमार्फत दुई लाख मेट्रिक टन मल ल्याउन लागेको हो । रासायनिक मल ल्याउनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले सम्झौता गर्न प्रक्रिया अगाडि बढाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । […]