काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बीफीन)ले पाँचौं वार्षिक साधारण सभा मङ्सिर २२ गते आयोजना गर्ने भएको छ । सभा काठमाडौंको नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालयमा उक्त दिन अपराह्न ३ बजे हुने छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १४ दशमलव ७० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभामा ५ जना सञ्चालकको मनोनयन गर्ने प्रस्ताव पनि पेस हुने छ ।