७ साउन, टोकियो । जापानको टोकियोमा शनिबारदेखि नेपाल फेष्टिबल सञ्चालन भएको छ । पहिलो दिन फेष्टिबलस्थलमा जम्मा भएको फोहोर भने जापानका पूर्व सांसदले संकलन गरेका छन् । कार्यक्रममा सहभागी भएका नेपाली र विदेशीहरुले फ्याकेको फोहोर जापानका एक जना पूर्व सांसद कोमियामा योशिहारुले संकलन गरे । तस्वीर : मनिषा चम्लागाईं ।