देउवाका प्रतिस्पर्धी भट्ट डडेलधुरा छाडेर कञ्चनपुरबाट चुनाव लड्ने !

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कञ्चनपुरबाट चुनाव लड्ने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराबाट तीन पटक पराजित भएका भट्ट गठबन्धन भएपछि चुनाव लड्न कञ्चनपुर झर्ने तयारी गरेका हुन् ।गठबन्धनबाट देउवा डढेलधुरा चुनाव लड्ने पक्का भएपछि भट्ट कञ्चनपुर क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने तयारी गरेका छन् । देउवा आफैँले पार्टीका सुदूरपश्चिमका नेता कार्यकर्तासँगको एक भेटमा माओवादी नेता भट्टलाई सुदूरपश्चिमका जुनसुकै जिल्लाबाट चुना

सम्बन्धित सामग्री

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राख्नुभयो ।  उहाँले समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताउनुभयो ।  ‘विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो । स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।  ‘सरकारले डडेलधुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेलधुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ,’ उहाँले भन्नुभयो, ‘उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ ।’            दीक्षित विद्यार्थीप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले परिवार, समाज र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने उल्लेख गर्दै उहाँले अबका परिणामले समाज र देशको भविष्य निर्धारण गर्ने बताउनुभयो ।            ‘तपाईंहरू पनि सपना देख्नुहोस्, त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हो, सुन्दर, सुखी नेपालको सपना हो’, उहाँले भन्नुभयो, ‘कुनैबेला तपाईंहरू जस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्थे ।’ आफूले अन्याय, गरिबी, शोषण र विभेदको अन्त्य गर्ने सपना देखेको प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘आज मैले देखेको सपना कति पूरा भयो भएन ? त्यसको समीक्षा इतिहासले र समाजले गर्नेछ,’ उहाँले भन्नुभयो, ‘परिर्वतनको सपना नदेखेको भए आज हामी यो व्यवस्थासम्म पुग्ने थिएनौं कि ।’ आफूले राजनीतिक उपलब्धि प्राप्त गरिसके पनि सपना देख्न नछोडेको उहाँले बताउनुभयो । रासस

डडेलधुरा प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार जोशी विजयी

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाकाे गृहजिल्ला डडेल्धुरा प्रदेशसभा-२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्। उनी ११ हजार १७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी वाम-लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरा ४७४ मतले हारे। बोहराले १० हजार ९ सय ७० मत पाए। पराजित बोहरा सुदूरपश्चिम् सरकारका सामाजिक विकासमन्त्री हुन्। जोशी २०५२ […]

देउवा,ओली र प्रचण्डलाई बिदाइ गरेपछि युवाको पालो आउँछ– सागर ढकाल

काठमाडौँ– डडेलधुरा प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी सागर ढकालले पुराना नेता अस्ताउँदो सूर्य भएकाले युवाको पालो आएकोमा ढुक्क रहन आह्वान गरेका छन्। जारी मतगणनामा देउवा भन्दा आधा मतले पछि परे पनि ढकालले सामाजिक सञ्जाल फेसबुकमा पुराना नेता अस्ताउँदो सूर्य र युवा उदाउँदो सूर्य भएका कारण राजनीतिमा युवाको पालो आएको बताएका हुन्। […]

देउवा सागर ढकाल भन्दा ३ हजार मतले अगाडि

डडेलधुरा । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् । अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन् छ । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत […] The post देउवा सागर ढकाल भन्दा ३ हजार मतले अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवाका प्रतिस्पर्धी ढकालको गुनासोः मलाई प्रचार गर्न दिइएन

काठमाडौँ – डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न प्रशासनले रोक लगाएको बताएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न गुल्मीबाट डडेलधुरा पुगेका ढकालले माइकिङ गरेर प्रचार गर्न प्रशासनले रोक लगाएको दाबी गरेका छन्। उनले आफूलाई हर्क साम्पांङले जसरी प्रचार गर्न नदिइएको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जाल ट्वीटरमा […]

देउवाको स्वागतमा प्रतिस्पर्धी ढकाल

बिहीबार डडेलधुराबाट चुनावी अभियान सुरु गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो १२ बजे डडेलधुरा आइपुग्ने कार्यक्रम तय थियो । एक घण्टाअघि नै उनीसँग चुनावी प्रतिस्पर्धा गरिरहेका गुल्मीका युवक सागर ढकाल बसपार्कमा उनको स्वागतका लागि माला बोकेर उभिएका छन् ।

प्रमुख नेता गृहजिल्लामा कति सफल ?

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा यसपटकको स्थानीय तह निर्वाचनमा गृहजिल्ला डडेलधुरामा यति धेरै सक्रिय भए कि जति मिहिनेत उनी आफैं प्रतिस्पर्धी रहेको निर्वाचनमा समेत गर्दैनथे  । उनी निर्वाचनको ४ दिनअघि डडेलधुरा पुगेर स्थानीय तहमा कांग्रेसलाई जिताउन खटिएका थिए  ।