बिहीबार डडेलधुराबाट चुनावी अभियान सुरु गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो १२ बजे डडेलधुरा आइपुग्ने कार्यक्रम तय थियो । एक घण्टाअघि नै उनीसँग चुनावी प्रतिस्पर्धा गरिरहेका गुल्मीका युवक सागर ढकाल बसपार्कमा उनको स्वागतका लागि माला बोकेर उभिएका छन् ।