सभापति देउवाकै नेतृत्वमा आगामी निर्वाचन जित्छौँ : डा.महत

नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीले आगामी निर्वाचनमा तीन वटै तहमा चुनाव जितेर बहुमतको सरकार बनाउने दावी गरेका छन् । पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पुस्तकका लेखक रहेका डा. महतले भने,“सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस समावेशी राजनीतिमा प्रवेश गरेको छ । सबै नेपालीलाई बराबरीको हिस्सेदार बनाएको छ । त्यसलाई पूर्णता दिने जिम्मेवारी पूरा गर्न उहाँलाई दोस्रो कार्यकाल भए बल पुग्नेछ ।”उनले पार्टीमा आफ्नो स्पष्ट बहु