२४ पुस, काठमाडौं । नेपाल बेसबल एण्ड सफ्टबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको प्रथम राष्ट्रिय बेसबल फाइभ प्रतियोगिताको पहिलो दिन सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा बागमती प्रदेशले कोशी प्रदेश तथा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेश विरुद्ध खेल्ने छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भइरहेको प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन […]