नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्ने भएको छ । आइतबारदेखि माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा तय गरिएको छ । शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै पार्टीको महाधिवेशनमा परिणत गर्ने निर्णय भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि महाधिवेशन नै भनौं भन्ने प्रस्ताव गरेका थिए । स्थायी कमिटीको निर्णयलाई आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने तय भएको छ । माओवादीको ...