खानेतेल उत्पादन एक चौथाइमा झर्‍यो

वीरगञ्ज । लम्बिँदो रूस–युक्रेन तनावबीच इन्डोनेशियाले खानेतेलको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि स्वदेशी तेल उद्योगको उत्पादन एक चौथाइमा झरेको छ । कच्चा पदार्थ आयातमा अवरोध आएपछि उत्पादन खुम्चिएको उद्योगीहरूले बताए । कच्चा पदार्थको आपूर्ति असहज भएपछि बारा–पर्साका तेल उद्योग अहिले क्षमताको २५ प्रतिशतमा चलिरहेको उद्योगी बताउँछन् । अर्धप्रशोधित तेलका मुख्य उत्पादक देशबाट आयात अवरुद्ध भएपछि उत्पादन करीब एक चौथाइमा झरिसकेको नारायणी आयलका सञ्चालक निखिल चाचानले बताए । ‘यसअघि यहाँका उद्योगले क्षमताको ८० प्रतिशतसम्म उत्पादन गरिरहेका थिए । अहिले त्यो २५/३० प्रतिशतमा झरिसकेको छ,’ चाचानले आर्थिक अभियानसित भने । कच्चा पदार्थ आपूर्तिमा यस्तै समस्या रहिरहे उत्पादन अझ कम हुँदै जाने उद्यमीको भनाइ छ । नेपालका दुई दर्जन खानेतेल उद्योगमध्ये अधिकांश (१४ ओटा) यही कोरिडोरमा छन् । अन्य विराटनगर र भैरहवामा सञ्चालित छन् । स्वदेशी उत्पादकले युक्रेन र रूसबाट सूर्यमुखी र भटमासको अर्धप्रशोधित तेल आयात गर्छन् । तोरीको अधिकांश परिमाण पनि यी देशबाटै आउने गरेकोमा २ महीनादेखि जारी तनावले आपूर्ति अवरुद्ध भएको छ । पाम तेलको मुख्य निर्यातकर्ता इन्डोनेशियाले अप्रिल २८ देखि आन्तरिक बजार मूल्य नियन्त्रणका लागि भन्दै निर्यात रोकेको छ । त्यहाँबाट अर्धप्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका उद्योगीलाई अहिले उद्योग चलाउनै कठिन भएको अर्का उद्योगी ओसीबी पूmडका सञ्चालक सुरेश रुंगटाले बताए । अर्धप्रशोधित तेल नपाएपछि अस्ट्रेलिया र भारतबाट भटमास मगाएर यहीँ पेल्न थालिएको रुंगटाले जानकारी दिए । गोदाममा राखिएको भटमासले १ महीना पनि धान्न नसक्ने रुंगटाले बताए । उनको उद्योगले अहिले दैनिक ८० मेट्रिक टन भटमास खपत गरिरहेको छ । अर्धप्रशोधित तेल आयात नभएपछि भटमासको दाना पेल्नु परेको उनले बताए । कच्चा पदार्थ आपूर्ति सहज नभए आन्तरिक बजारमा पनि अभाव हुनसक्ने उद्योगी बताउँछन् । कोरोना महामारीका कारण उत्पादनमा कमी आएपछि १ वर्षयता तेलको भाउ उकालो लागेको उद्यमीहरू बताउँछन् । १ वर्षअघिसम्म अन्तरराष्ट्रिय बजारमा प्रतिमेट्रिक टन १ हजार अमेरिकी डलर हाराहारी रहेको भटमासको अर्धप्रशोधित तेलको मूल्य अहिले २ हजार १ सय डलर पुगिसकेको उद्योगी चाचानले बताए । अन्तरराष्ट्रिय बजारमा देखिएको अभाव र मूल्यवृद्धिको दबाब स्वदेशी बजार मूल्यमा देखिएको छ । खानेतेलको मूल्य निरन्तर बढिरहेको छ । रूस–युक्रेन तनाव शुरू भएयतामात्रै तेलको भाउ प्रतिलिटर ५० रुपैयाँ बढिसकेको छ । उद्यमी रुंगटाका अनुसार २ महीनाअघि प्रतिलिटर २५० रुपैयाँसम्म रहेको खानेतेलको मूल्य अहिले ३०० रुपैयाँ छ ।

सम्बन्धित सामग्री

बन्द भयो चिया उत्पादन

चिया उत्पादन हुने इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ। हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो।...

बन्द भयो चियाको उत्पादन

मंगलबारे (इलाम) – चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ। हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो। चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन्। प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ। उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ […]

धान र कोदो उत्पादन बढ्यो

म्याग्दी, १८ मङ्सिर । म्याग्दीमा यसवर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन चार दशमलव ३४ प्रतिशत र कोदो उत्पादन शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा धान र कोदो उत्पादन बढेका केन्द्र प्रमुख […]

चीनमा आईफोन उत्पादन बन्द

काठमाडौं । एप्पलको आईफोनको एक प्रमुख उत्पादकले चीनमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । अधिकारीहरूले मंगलबार सांघाईमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनाइरहेका बेला कम्पनीले उत्पादन अस्थायी रूपमा बन्द गर्ने बताएको हो । […]

नेपालमा ‘जीवनजल’ उत्पादन बन्द हुने अवस्थामा

काठमाडौं : नेपालमा पुनर्जलीय झोल (जीवनजल)को उत्पादन बन्द हुने अवस्थामा पुगेको छ। लागत खर्च पनि नउठ्ने देखेपछि औषधि व्यवसायीहरूले जीवनजलको उत्पादन बन्द गर्न लागेका हुन्।सरकारले तोकेको मूल्यमा उत्पादन गरेर विक्री वितरण गर्नै नसकिने भन्दै नेपाली औषधि उद्योगहरूले जीवनजल उत्पादन गर्न छोडेका छन् र अहिले उत्पादन गरिरहेका औषधि कम्पनीहरूले अब उत्पादन बन्द गर्ने तयारी गरिरहेका छन्।२०६४ सालदेखि जीवनजलको मूल्य नबढेको तर अहिले उत्पादन लागत बढिरहेको हुँदा अब जीवनजल उत्पादन गर्न नसकिने नेपाल औषध

जीवनजलको उत्पादन बन्द हुने अवस्थामा

उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् ।नेपालमा आठवटा उद्योगले जीवनजल उत्पादन गर्दै आएकोमा हाल एक/दुईवटा उद्योगले मात्रै उत्पादन गरिरहेको छ । त्यो पनि ती उद्योगसँग कच्चा पदार्थ मौज्दात रहुञ्जेल मात्रै हो। अब खरिद गरेको कच्चा पदार्थबाट प्रतिप्याकेट १० रुपियाँमा जीवनजल उत्पादन गर्न सकिने अवस्था नरहेको उद्योगीहरू बताउँछन् । ।नेपाल औषधि उत्प

लाङटाङमा चिज उत्पादन बढ्यो

रसुवा – नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङमा चिज उत्पादन बढेको छ । गत वर्षको तुलनामा यो वर्ष चिज उत्पादन बढेको हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्रले यो पटक ३ हजार किलो चिज उत्पादन गरेको छ । गत वर्ष २२ सय किलो चिज उत्पादन भएको थियो । यो वर्ष ५ हजार किलो चिज उत्पादनको लक्ष्य राखिएको भए पनि उत्पादन गर्न नसकिएको केन्द्र प्रमुख ग्याल्बु तामाङले बताउनुभयो ।  ‘यसपटक लक्ष्यको तुलनामा कम उत्पादन भएको छ’, उहाँले भन्नुभयो, ‘तर गत वर्षको तुलनामा चिज ...

कर्णालीमा बढ्यो खाद्यबाली उत्पादन, तरकारी उत्पादन भने घट्याे

काठमाण्डौ – कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । त्यहाँ धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गएको वर्ष यही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने ...

शौर्य सिमेन्टले थाल्यो उत्पादन, ४ थरी सिमेन्ट उत्पादन गर्ने

शौर्य सिमेन्टले अत्याधुनिक प्रविधि र उच्च गुणस्तरको चुनढुङ्गा प्रयोग गरेर सिमेन्ट उत्पादन थालेको छ। १५ अर्ब लगानीमा शंकर समूह, अम्बे समूह र गोल्छा समूहले यो सिमेन्ट उद्योग स्थापना गरेका थिए। उद्योगबाट ओपिसी, पीपीसी, ४३ र ५३ ग्रेड गरेर चार थरी सिमेन्ट उत्पादन गरिरहेको छ। उद्योगबाट नेपालमा पहिलो पटक लो अल्कली सिमेन्ट उत्पादन गरेको दाबी छ। दैनिक ३५ सय टन सिमेन्ट उत्पादन गर्ने उद्योगको कच्चा पदार्थको स्रोत उदयपुरको सुन जस्तो चुनढुङ्गा खानी रहेको बताइएको छ। एलुमिना र मेग्रिजियमको मात्रा एकदम कम रहेकोले उत्पादित चुनढुंगा उच्च गु...

उत्पादन कटौती गर्दै उद्योग

वीरगञ्ज, जेठ १०। बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले उत्पादनको माग घटेपछि उद्योगको उत्पादन क्षमताको आधामा खुम्चिएको छ । कोरिडोरका खाद्यान्न र औषधिबाहेक अन्य उद्योगले उत्पादन घटाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘खाद्यान्न र औषधि उद्योगको उत्पादन खासै प्रभावित भएको छैन […]