प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावल राजीनामा फिर्ता गर्न राजी भएका छन् ।
तर, राजीनामा फिर्ताबारे उनले संसद् सचिवालयलाई अहिलेसम्म कुनै जानकारी गराएका छैनन् ।
प्रतिनिधि सभाका सभामुखलाई सम्बोधन गरेर रावलले साउन ३ गते राजीनामा बुझाएका थिए । सभामुखलाई राजीनामा बुझाएर पत्रकारहरूसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिबाट अलग हुन खोजेको बताएका थिए ।
राजीनामा फिर्ताबारे रावलका तर्फबाट अहिलेसम्म सम्पर्क नभएको सभाम...