नेपाल स्काउटको तदर्थ समिति खारेज गरी निर्वाचन गराउन माग गरिएको छ । स्काउट बचाउ अभियानले आज यहाँ पत्रकार सम्मेलन गरी छ महिनामा निर्वाचन गर्ने म्याण्डेड बोकेर आएको वर्तमान समितिले चार वर्षसम्म निर्वाचन गर्न नसकेको भन्दै नयाँ समिति ल्याएर तत्काल निर्वाचन गर्न माग गरेको हो । पत्रकार सम्मेलनमा स्काउटका सल्लाहकार तथा गल्र्स सहप्रमुख पुष्पलता भट्टराईले वर्तमान …