सर्लाहीको लालबन्दी नगरपालिकामा कांग्रेस विजयी

सर्लाही : लालबन्दी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गर्दै कांग्रेस लालबन्दीको प्रमुख र उपप्रमुखमा विजयी भएको हो। कांग्रेसका बासुदेव अधिकारीले निकटतम प्रतिद्वन्द्वी  एमालेका गोविन्द महतलाई एक हजार ६७८ मतान्तरले हराएका हुन्। अधिकारीले ९ हजार ५६१ मत प्राप्त गरे। महतले सात हजार ८८३ मत ल्याए। उपप्रमुखतर्फ कांग्रेसकै कल्पना पाख्रिनले एमालेकी सनसरिमाया थिङलाई ६९१ मतान्तरले पराजित गरिन्। पाख्रिनले आठ हजा

सम्बन्धित सामग्री

सर्लाहीको लालबन्दीमा कांग्रेस विजयी

सर्लाहीको लालबन्दीमा गठबन्धनका उम्मेदवारलाई तेस्रो स्थानमा छाड्दै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  लालबन्दी नगरपालिकाको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार वाशुदेव अधिकारी विजयी भएका हुन् । उनले...

सर्लाहीकाे लालबन्दी नगरपालिकामा कांग्रेस विजयी

सर्लाही - सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका वासुदेव अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले ९५६१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गोविन्द महतले ७८८३ मत प्राप्त गर्नुभयो । यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकै कल्पना पाख्रिन  ८८५० मत प्राप्त गरी निवार्चित हुनुभएको छ । पाख्रिनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शनसरीमायाले ८१५९ मत प्राप्त गर्नुभएको छ।