सर्लाही - सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका वासुदेव अधिकारी निर्वाचित हुनुभएको छ ।
उहाँले ९५६१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गोविन्द महतले ७८८३ मत प्राप्त गर्नुभयो । यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकै कल्पना पाख्रिन ८८५० मत प्राप्त गरी निवार्चित हुनुभएको छ ।
पाख्रिनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शनसरीमायाले ८१५९ मत प्राप्त गर्नुभएको छ।