प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताए। उनले भने – ‘संसदमा प्रस्तुत भएका बिजनेश वा एजेण्डाहरु प्रति भन्दापनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा(एमाले)प्रति गरेको विभेदको कारणले गर्दा हामी अहिले संसदमा आन्दोलनमा छौँ।