काठमाडाैँ- काठमाडाैँस्थित बागबजारमा दुई वर्षीया बालिकाकाे झ्यालबाट खसेर मृत्यु भएकाे छ। आइतबार नानीदेवी महर्जनकाे घरकाे पाँचाैँ तलाबाट खस्दा रियासा महर्जन गम्भीर घाइते भएकी थिइन्। उनकाे उपचारकाे क्रममा ट्रमा सेन्टरमा आज बिहान पाैने तीन बजेतिर मृत्यु भएकाे महानगरीय प्रहरी वृत्त कमलपाेखरीले जनाएकाे छ। यससम्बन्धमा अनुसन्धान भइरहेकाे छ।