कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ । पुरस्कार छनोट समितिको आज बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक अशोककुमार भट्टचनले जानकारी दिए ।आगामी पुस १० गते ८९ औँ भूपि जयन्तीका अवसरमा पोखरामा कार्यक्रमको आयोजना गरी साहित्यकार शेरचनलाई उक्त पुरस्कार प्रदान गरिने उनले बताए । नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्का