एनएमबी बैंकले साढे ३ अर्ब रुपैयाँ बराबरको ‘ऊर्जा ऋणपत्र’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकबाट ऊर्जा ऋणपत्र जारी गर्ने अनुमति पाइसकेको बैंकले आउँदो सातादेखि बिक्री थाल्ने योजना बनाएको छ । ऋणपत्र निष्कासन अनुमतिका लागि बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको छ ।