दलित समुदायका विपन्न ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान

काठमाडौं, २५ माघ। मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ। प्रत्येकलाई १२ हजारका दरले ४लाख ८हजार रुपैयाँ प्रदान गरिएको समाजले जनाएको छ। मोरङको थलाहामा बुधबार एक कार्यक्रमको आयोजना गरी जनता मा.वि का २७जना र सरस्वती मा.वि.का सात जना गरि ३४जना बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो।

सम्बन्धित सामग्री

दलित समुदाय विपन्न परिवारका सैँतीस बालिकालाई छात्रवृत्ति प्रदान

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । विपन्न परिवारका ६ कक्षामा अध्यनरत बालिका प्रत्येकलाई १२ हजारका दरले चार लाख ४४ हजार छात्रवृत्ति प्रदान गरिएको हो । मोरङको थलाहामा आज आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित जनता माविका २९ र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका बालिकालाई […]