वरिष्ठ पत्रकार रिसालको पुस्तक ‘छानिएका रचना’ सार्वजनिक

काठमाडौं : वरिष्ठ पत्रकार भैरव रिसालको पुस्तक ‘छानिएका रचना’ लोर्कापण गरिएको छ। रिसालको ९५ औँ जन्मदिनको अवसर पारेर शनिबार राजधानीमा आयोजित कार्यक्रममा लेखक रिसालसहित डा. गौरिशंकर लाल दास, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र डा. गोविन्द सार्की नेपालीले पुस्तक लोकार्पण गरेका हुन्।दुई वर्षमा विभिन्न पत्रपत्रिकामा प्रकाशित रचनाबाट छानेर ६५ वटा लेख समेटिएको पुस्तकका सम्पादक भरतराज पोखरेलले जानकारी दिए। 

सम्बन्धित सामग्री

पत्रकारितामा निष्ठा धर्मराएको छ– वरिष्ठ पत्रकार रिसाल

काठमाडौँ, २४ वैशाख । विसं १९८५ मा भक्तपुरमा जन्मनुभएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहनुभएको छ । विसं २०२० मा राससमा सेवा प्रवेश गर्नुभएका उहाँ विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्कनुभएको थियो […]

पत्रकारितालाई साहुले कब्जा गरे : वरिष्ठ पत्रकार रिसाल

कामठमाडौं : भैरव रिसाल, ९१ वर्षको उमेरमा पनि पत्रकारितामा अनवरत रूपमा लागिरहेका छन्। यो उमेरमा पनि उनी निरन्तर लेखन यात्रामै छन्। उनले पत्रकारिता सुरू गरेको यो सात दशकमा राजनीतिक हिसाबले मुलुकले चारवटा चरण पार गरेको छ। पहिलो चरण प्रजातन्त्र स्थापना, त्यसपछि पञ्चायत, २०४६ सालको जनआन्दोलनपछिको बहुदलीय व्य...