महाकाली सिँचाइ : तेस्रो चरणको कामले गति लिँदै, २० किलोमिटर मूल नहर बनाउन टेन्डरको तयारी

कञ्चनपुर । कैलाली–कञ्चनपुरको साढे ३३ हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित अघि बढेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामले गति लिएको छ । महाकाली नदीको पानी कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित सरकारले राष्ट्रिय गौरवको आयोजनामा स्तरोन्नति गरेयता आयोजनाको कामले गति पाएको हो । १५१ किलोमिटर मूल नहर निर्माण गरी कैलालीको मालाखेती र कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नर्वास नगरपालिकासम्म सिँचाइ पुग्ने गरी आयोजना अघि बढेको छ ।  महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भू पण्डितले मूल नहर निर्माणको नयाँ ठेक्का आह्वान प्रक्रियामा रहेको बताए । ‘भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म साढे २८ किलोमिटर मूल नहर करिब करिब निर्माण भइसक्यो,’ इञ्जिनियर पण्डितले भने, ‘अबको नयाँ ठेक्कामा २८ दशमलव ८ किलोमिटरदेखि ४८ दशमलव २ किलोमिटर मूल नहर (गोदावरी खोलासम्म) लागत अनुमान स्वीकृत भएर बोलपत्र आह्वानको प्रक्रियामा छ ।’  उनले अब निर्माण हुने २० किलोमिटर मूल नहर निर्माण तीनदेखि पाँच प्याकेजमा टेन्डर आह्वान हुनसक्ने बताए । उक्त मूल नहर निर्माणका लागि रू. साढे ३ अर्ब रकम खर्च हुनेछ । ‘मूल नहर निर्माणका क्रममा जग्गा अधिग्रहण गर्न नपर्ने भएकाले गुलरिया र मालाखेती शहरमाथि नै तेस्रो चरणको मूल नहर बनाउने गरी लागत अनुमान बनेको छ,’ उनले भने ।  उनले २८ किलोमिटर मूल नहर निर्माणको काम आगामी असारमा सम्पन्न भइसक्ने जानकारी दिए । ‘कोरोना कहर, मुआब्जा र वनका रुख कटानलगायतका विविध कारणले बीचको केही समय काम प्रभावित भयो,’ उनले भने । अहिले दुई प्याकेजमा करिब ४८ किलोमिटर शाखा नहरको कामसमेत शुरु भइसकेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले दिएको जानकारी अनुसार यहाँ सिँचाइ मूल नहरको एक किलोमिटरदेखि १४ किलोमिटरसम्म एउटा र १४ देखि २२ किलोमिटर मूल नहरको शाखा नहर निर्माणका लागि ठेक्का भएर काम शुरु हुँदैछ । ‘शाखा नहरको पहिलो प्याकेज रू. ५४ करोड र दोस्रो प्याकेज रू. ५३ करोडमा ठेक्का सम्झौता भएर काम अघि बढिसकेको अवस्था छ,’ इञ्जिनियर पण्डितले भने, ‘४८ किलोमिटर शाखा नहर निर्माण दुई वर्षभित्र पूरा गर्ने समयसीमा दिइएको छ ।’  गत असारको दोस्रो साता महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत बनेको मूल नहरमा पानी परीक्षण गरिए पनि नहरमा नियमित पाउने विषय टुङ्गोमा अझै अन्योल छ । गत असार १५ गतेको दिन धान दिवसका अवसरमा भारतीय पक्षले मूल नहरमा पानी छाडे पनि लगत्तै नहर उद्घाटनपछि मात्रै नियमित पानी दिने बताए पनि दुई देशबीचको विषय भएकाले टुङ्गोमा पुग्न नसकेको आयोजना कार्यालयको भनाइ छ । ‘विभिन्न भ्रमणका क्रममा र सिँचाइ विभागमा पानी नियमित पाउनुपर्ने विषय सम्झाइरहेका हुन्छौं,’ पण्डितले भने, ‘यो माथिल्लो तहबाटै समाधान खोजिनुपर्ने विषय पनि हो ।’  े विसं २०६४ देखि शुरु भएको आयोजना २०७५ सालमा आइपुग्दा १२ किमी मात्र मूल नहर बनाउन सकिएको थियो । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा समेत स्तरोन्नति भएपछि आयोजनाको कामले गति लिएको इञ्जिनीयर पण्डितको भनाइ छ । रासस

सम्बन्धित सामग्री

बजेट अभावले महाकाली सिँचाइ आयोजना प्रभावित

दोधारा चाँदनी (कञ्चनपुर),११ फागुन । बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ । मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताए । उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताए । “विकासतर्फको […]

महाकाली सिँचाइ तेस्रो चरणः साढे छ सय हेक्टर सिँचाइ गर्न सकिने

महेन्द्रनगर, २ साउन । आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ । महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण […]

महाकाली सिँचाइ नहर : परीक्षण भयो तर पानीको थोपो आएन

कञ्चनपुर : जिल्लामा निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन। सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमिटर मूल नहरमा पानी परीक्षण गरेको थियो। परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो।त्यसयता महाकाली सिँचाइको नहरमा पानीको थोपो पनि आएको छैन। आयोजनाअन्तर्गत करिब २८ किलोमिटर मूल नहर निर्माण भइसकेको छ।उक्त क्षेत्रमा २२ शाखा नहर निमार्णाधीन छन्। महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्या

महाकाली सिँचाइ आयोजनाः ‘पानी ल्याउने विषय अन्योल’

महेन्द्रनगर, १५ मंसिर । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन । गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो । राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजनामा तेस्रो चरण अन्तर्गत हालसम्म २६ किलोमिटर मूलनहर बनिसकेको छ । महाकाली सिँचाइ आयोजना […]

पानी नचुहिँदै सकियो महाकाली सिँचाइ आयोजनामा अर्बौं रुपैयाँ

महेन्द्रनगर । झन्डै डेढ दशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माणमा अर्बांै रुपैयाँ खर्च भए पनि पानी अझै बग्न सकेको छैन । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन । आयोजनाको सुरुयता अहिलेसम्म ४ अर्ब ९२ करोड खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर शम्भु पण्डितले जानकारी दिए । हालसम्म १३ किलोमिटर मूल नहर निर्माण सकेर आयोजनाले २ अर्ब ३२ करोडको लागतमा थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ । नेपाल–भारत सिमानाभन्दा वर (भीमदत्त नगरपालिका–९) मा छुटेको २२० मिटर मूल नहर पनि ठेक्का भएर निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ । मुआब्जा वितरणको सकस, वनको रुख कटानलगायत समस्या झेल्दा ढिलासुस्ती हुनाका साथै आयोजनाले आर्थिक अभावसमेत हुँदै आएको छ । ‘आगामी असार मसान्तसम्म २५ किलोमिटर मूल नहर निर्माण सकिन्छ’, इञ्जिनियर पण्डितले भने, ‘आगामी वर्षभित्रै शाखा नहर बनाएर मूल नहर बनेको क्षेत्र वरपर सिँचाइ पुर्‍याउने गरी काम गर्दै छौं ।’ शाखा नहर निर्माणका लागि मुआब्जा दिनुपर्ने जग्गाको सर्भेक्षणलगायत काममा भएको ढिलाइका कारण बनाइएको नहर पनि उम्रेको घाँसगायतले कतिपय ठाउँ पुर्न थालेको भीमदत्त नगरपालिका–८ तिलाचौरका स्थानीयको भनाइ छ ।      कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको आयोजनाअन्तर्गत महाकाली नदीबाट १ हजार २०० मिटर लामो मूल नहर भारतले बनाइदिनुपर्ने थियो । आयोजनाअन्तर्गत अहिले शुक्लाफाँटाको फुलेली गाउँसम्म मूल नहर निर्माण भइरहेको छ । सोही क्रममा महाकाली नदीमा हेडरेगुलेटरलगायत नहरको काम भारतले बनाइसके पनि नेपालतर्फ पानी छोड्दा त्यसको उपयोगितामा ध्यान दिन आवश्यक देखिन्छ । ‘कञ्चनपुरमा २२ शाखा नहर निमार्णका लागि गृहकार्य भइरहेको छ’, इञ्जिनियर पण्डितले भने, ‘करिब ५० किलोमिटर शाखा नहर बनेपछि सिँचाइ सुरु हुन्छ ।’      भारतले महाकाली सन्धिअनुसार नेपाली सिमानासम्म बनाउनुपर्ने १ हजार २०० मिटर मूल नहर निर्माण गर्न दुई दशकसम्म आनाकानी गरेको थियो । गत वर्षदेखि उक्त काम थालेको भारतीय पक्षले अहिले काम सकिसकेको छ । कैलालीको मालाखेतीसम्म १५१ किलोमिटरको नहर निर्माणका लागि २७ अर्बको लागत अनुमान गरिएको थियो । आयोजनाले तोकिएको रकम तथा लामो समय खर्चिसके पनि पानी  दिनसकेको छैन । भीमदत्त नगरपालिका–८ का वडाध्यक्ष ध्वजबहादुर विष्टले नहर निर्माण भएको लामो समय भइसक्दा पनि सिँचाइ सुविधा पाउन नसकेको गुनासो गरे । ‘नहरमा पानी बगेको भए धेरै किसानलाई माछापालनदेखि आयमूलक रोजगारीमा लाग्न सहज हुने आशा थियो,’ उनले भने, ‘किसानलाई सिँचाइका लागि वडा र प्रदेश सरकारबाट बोरिङ जडान र भूमिगत सिँचाइको प्रबन्ध मिलाएका छौं ।’ वडाध्यक्ष विष्टले बितेको चार वर्षमा वडामा २२ वटा बोरिङ जडान र भूमिगत सिँचाइ संरचना बनाइसकिएको जानकारी दिए । रासस

महाकाली सिँचाइ आयोजना : २२ ओटा शाखा नहर निर्माणको प्रक्रियामा

कञ्चनपुर । कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ ओटा शाखा नहर निर्माणको गृहकार्य अघि बढाइएको छ । मूल नहर निर्माण शुरू गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झन्डै ५० किलोमिटर लामो शाखा नहर निर्माणका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिए । करीब १३ किलोमिटर मूल नहर निर्माण सकिए पनि आयोजनाअन्तर्गत बाँकी १५ किलोमिटर मूल नहर निमार्णाधीन अवस्थामै छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरशाखा नहर निर्माणको तयारी तीव्र पारेको छ । ‘शाखा नहर निर्माणका लागि योजना बनाउँदै छौं,’ पण्डितले भने, ‘आगामी फागुनभित्र शाखा नहर निर्माणको ठेक्का आह्वान गर्ने तयारी छ ।’ भारतले महाकाली नदीदेखि नेपाल–भारत सीमासम्म बनाउनुपर्ने नहरका संरचना तयार गरिसकेको छ । महाकाली सन्धिअनुसार भारतले नेपालको सीमासम्म यहाँ १ हजार २०० मिटर मूल नहर र हेडरेगुलेटर लगायत संरचना बनाउनुपर्ने हुन्छ । सोही अनुसार भारतले नहर निर्माण लगभग अन्तिम चरणमा पुर्‍याएको इन्जिनियर पण्डितको भनाइ छ । आयोजनाले नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ करीब २०० मिटर मूल नहर निर्माण गर्न बाँकी छ । सो नहर भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा पर्छ । शून्य विन्दुदेखि २८ किलोमिटर मूल नहर बनिरहेको क्षेत्रसम्म अहिले शाखा नहरको काम समेत अघि बढेको छ । ‘निर्माणाधीन १५ किलोमिटर मूल नहर बीचमा जग्गा मुआब्जा र सामुदायिक वनमा रूख कटानका कारण ढिलाइ भएको हो,’ उनले भने । त्यसैगरी सिँचाइले कञ्चनपुरको महाकाली पारि दोधारा चाँदनीमा समेत नहर निर्माणका लागि सर्वे थालेको भए पनि स्थानीयको अवरोध पछि केही समय स्थगन भएको छ । ‘स्थानीयले अवरोध गरेपछि दोधारा चाँदनीमा सर्वेको काम अहिले रोकिएको छ,’ पण्डितले भने, ‘त्यहाँ महाकालीबाट सिँचाइका लागि ३५० क्युसेक पानी लगिनेछ ।’ हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि रू. २ अर्ब ३० करोडको ठेक्का सम्झौता भए अनुसार काम भइरहेको छ । रासस

महाकाली सिँचाइ आयोजना : २२ शाखा नहर निर्माणको प्रक्रियामा

कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ वटा शाखा नहर निमार्णको गृहकार्य अघि बढाइएको  छ ।मुल नहर निमार्ण सुरु गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झण्डै ५० किलोमिटर लामो शाखा नहर निमार्णका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिनुभयो । करिब १३ किल

महाकाली सिँचाइ तेस्रो चरण निर्माणमा अवरोध

महाकाली र जोगबुढा नदीले उर्वरा भूमि क्षयीकरण भएको भन्दै नहरभन्दा तटबन्ध बनाउन स्थानीयको माग महाकाली सिँचाइ तेस्रो चरणले कञ्चनपुरको दोधारा–चाँदनीमा सिँचाइका लागि नहर निर्माण गर्न सर्भे सुरु गरेपछि स्थानीयले अवरोध गरेका...