मासु नखाने शाहाकारीका लागि राम्रो विकल्प कटहरको तरकारी हुनसक्छ । कटरको तरकारी नेपालीको मौलिक खाना मानिन्छ ।
काचो कटहरलाई उसिनेर नेपाली मसलामा बनाइने परिकार देशका सबै भेगमा लोकप्रिय छ । कटहर बनाउन केही झन्झटिलो भए तापनि खान निकै स्वादिष्ट हुन्छ ।
कटहरको तरकारी बनाउँदा चाहिने सामग्रीः
काचो कलिलो कटर आधा किलोग्राम, तोरीको तेल ५० एमएल, मेथि आधा चिया चम्चा, होल गरम मसला ७ ग्राम, अदुवा लसुन पेस्ट १ र आधा चिया चम्चा, प्याज काटेको ६० ग्राम, काटेको गोलभेडा ८० ग्राम, बेसार १ चिया चम्चा, जिरा धनियाँको धुलो ...