स्थानीय तहको निर्वाचनमा कर्णालीका मुख्यमन्त्रीका छोरादेखि पूर्व मन्त्रीका श्रीमानसमेत उम्मेदवार बनेका थिए । तीमध्ये केही विजयी भएका छन् भने केही पराजित भए । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीका छोरा वडाअध्यक्षमा विजयी भएका छन् भने कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीका छोरा पालिकाको मेयरमा निर्वाचित भएका छन् । यद्यपि कर्णालीका दुई पूर्वमन्त्रीका श्रीमानहरु भने मेयरका पराजित भएका छन् । कर्णालीका पूर्व भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका श्रीमान् बसन्त शर्