भारतको हारको पर्खाइमा पाकिस्तान

एजेन्सी – आइसिसी टि२० विश्वकपमा पाकिस्तान सेमिफाइनलमा पुग्न अन्तिम खेलमा भारतले हार्नुपर्ने हुन्छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न भारतले हार्नुपर्ने हुन्छ । आइतबार भारत जिम्बावेसँग पराजित हुँदा र पाकिस्तानले बंगलादेशलाई हराउँदा सेमिफाइनलमा पुग्ने समिकरण छ । सुपर १२ को समूह बी मा दक्षिण अफ्रिका ४ खेलमा […]

सम्बन्धित सामग्री

पाकिस्तान सिन्ध प्रान्तका बाढीपीडित राहतको पर्खाइमा

गत वर्षको बाढीबाट प्रभावित पाकिस्तानको सिन्ध प्रान्तका अधिकांश परिवार अझै पनि सरकारबाट राहतको पर्खाइमा  रहेका छन् । उनीहरु धेरै घरबारविहीन बस्न बाध्य भएका छन्।पाकिस्तानको दक्षिणपूर्वी प्रान्त सिन्ध सन् २०२२ को बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक थियो।समाचारहरूमा जनाइएअनुसार प्रदेशभरका २१ लाख पीडितमध्ये करिब ३ लाखलाई मात्रै रकम दिइएको छ भने चौथो किस्ता भने कुनै पनि पीडितलाई निकासा भएको छैन।विवरणका अनुसार सिन्ध प्रान्तमा बाढीका कारण लाखौं मानिसको घर र भौतिक संरचना ध्वस्त भएका छन्।वि

ऋणको पर्खाइमा पाकिस्तान

पाकिस्तान गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ ।अमेरिकाले त्यहाँको अर्थतन्त्र सुधार गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग सहकार्य जारी राख्न प्रोत्साहन गरेको छ । सहकार्य जारी राख्दा पाकिस्तानले वैश्विक ऋणदाताबाट ऋण पाउन सक्छ ।अमेरिकी विदेश...

लामो समयदेखि चिनियाँ ऋण सम्झौताको पर्खाइमा पाकिस्तान र श्रीलङ्का

चीनले पाकिस्तानको भ्रमणमा रहेका सेना प्रमुखलाई प्राविधिक सहयोगको प्रस्ताव गरेको छ। देशले बाढीको सामना गरिरहेको छ तर आफ्नो सदाबहार सहयोगीले खोजेको कुनै पनि पर्याप्त आर्थिक सहायताको घोषणा गरेको छैन।

पाकिस्तान प्रशासित काश्‍मीरमा न्यायको पर्खाइमा मरिया ताहिर

पाकिस्तान प्रशासित कश्मीरमा सामूहिक बलात्कारमा परेकी मारिया ताहिरले अझै सरकारसँग न्यायको याचना गरिरहेकी छन्। मारिया ताहिर एक बहादुर र साहसी महिलामध्येमा पर्छन्। सामूहिक बलात्कृत  भएपछि केही समय उपचार गराएर आफूमाथि भएको अन्यायविरुद्ध लड्न उनी आफैँ उठिन्, कुनै पनि राजनीतिक र सामाजिक दबाबको अगाडि झुकिनन्, उनको प्रेरणादायक कथाले विश्वको ध्यान तानेको छ।

पाकिस्तान प्रायोजित आतङ्कवादको 'भयानक' प्रचारविरुद्ध श्रीनगर मार्च

भारतको श्रीनगरमा आतङ्कवादीहरूले लामो समयदेखि बम विस्फोट, गोलाबारी र नागरिक, पर्यटक र सैन्य कर्मचारीहरूको हत्या गर्ने गरेका थिए। सरकारी कार्यालयहरूमा रहेका निर्दोष पीडितहरूका फाइलहरूमा धूलो जम्मा भइसकेको छ। पीडितहरूले न्यायको पर्खाइमा छन्।

दक्षिण कोरियाले हटायो क्वरेण्टिनमा बस्नुपर्ने नियम : नेपाली श्रमिकलाई सहज

काठमाण्डाै – विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वरेण्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वरेण्टिनमा बस्नुपर्ने व्यवस्था थियो । यो व्यवस्था आएसँगै वर्षौंदेखि कोरिया प्रवेशको पर्खाइमा रहेका विदेशी श्रमिकलाई आकर्षक रोजगारीको गन्तव्य भनिएको देश दक्षिण कोरिया जानलाई थप सहज हुने भएको छ । दक्षिण कोरियाले नेपाललगायत पाकिस्तान, थाइल्याण्ड, भियतनाम, बङ्गलादे...

लागत न्यूनिकरण मार्फत औद्योगिकीकरणमा जोड दिन निजी क्षेत्रको सुुझाव

उद्योग विकासको औपचारिक शुुरूवात भएको ७५ वर्ष भैसक्दा पनि नेपाल भने अझै व्यापक सुधारमार्फत औद्योगिकीकरण प्रक्रियाको पर्खाइमा रहेको छ । नेपालमा औद्योगिकीकरणको शुरूवात सन् १९४६ बाट भएको थियो । सन् ५० को दशकमा पश्चिम यूरोप तथा अमेरिकाबाट एशियामा पहिलो आधुुनिक उद्योगको स्थानान्तरण भैरहेको समयमा नेपालमा पनि आधुनिक उद्योगको शुरूवात भैसकेको थियो । सन् ९० को दशकमा हाम्रै छिमेकी देशहरू भारत र चीनले उत्पादनमुलक क्षेत्रमा वहुुराष्ट्रिय कम्पनी र वाह्य लगानी भित्रयाई रहदा नेपाल पहिलो चरणको आर्थिक शुधारको प्रक्रियामा थियो । एकै समयमा औद्योगिकीकरणको शुुरूवात गरेका एशियाका अन्य मुुलुक र नेपालको अवस्थालाई तुलना गर्ने हो भने हाम्रो अवस्था अत्यन्त दयनीय रहेको उद्यमी व्यवसायीहरूले बताए । सातौ औद्योगिक दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उद्यमी व्यवसायीहरूले औद्योगिकीकरणको हाम्रो अवस्था अत्यन्त कमजोर रहेको धारणा राखे । पछिल्लो तथ्यांकलाई मात्र विश्लेषण गर्ने हो भने पनि कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १२.८ प्रतिशत, वार्षिक ४.१ प्रतिशतको वृद्धि, निर्यात आयात अनुपात करिव १ः११ रहेको छ । चालु आवको पहिलो ४ महिनामा सरकारको पूजीगत खर्च ४.९ प्रतिशत मात्र छ । यसले नेपालको औद्योगिक अवस्थाको यथार्थ चित्रण गर्दछ । यस्तो स्थितिमा अव लागत न्यूनिकरण मार्फत औद्योगिकीकरणमा जोड दिनुुपर्ने सुुझाव उद्यमी व्यवसायीहरूले दिएका छन् । यसका लागि उत्पादन लागत, वित्तिय लागत, उद्योगको आगत (entry), निर्गत (exit), प्रशासनिक खर्च र कर लागत कटौती मार्फत औद्योगिकीकरण गर्नुपर्ने सुुझाव आएको छ । उद्यमी व्यवसायीहरूका अनुसार उर्जा लागत, जग्गा, श्रम लागत, व्याज दर, तरलता व्यवस्थापन, परियोजनाको वित्तिय एवं उत्पादन व्यवस्थापनमा कटौती आवश्यक रहेको छ ।कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार, निजी क्षेत्र सबैले औद्योगिक विकासको कुरा गरेपनि औद्योगिक विकास भने सोचे अनुसार हुन नसकेको बताए। अहिले पनि उद्योग गर्ने वातावरण मुुलुकभित्र बन्न नसकेको गुुनासो उनको थियो । नेपालको उत्पादन क्षमता पाकिस्तान पछाडि दक्षिण एशियामै अत्यन्त कमजोर रहेको भन्दै अध्यक्ष गोल्छाले कष्ट अफ डुुइङ विजनेश नघटाएसम्म सोचे अनुसारको औद्योगिक विकास नहुने बताए । उच्च आयातले मुुलुुकको आर्थिक विकासमा ठूलो समस्या परेको भन्दै अध्यक्ष गोल्छाले भ्यालुु एड गरेर सामान निर्यात गर्न नसकेसम्म यो समस्या रही रहने बताए । महासंघले नेट २०३० मार्फत मुुलुकभित्र पूजी वृद्धि, रोजगारी सृजना, व्यापार घाटा कम गर्ने उपाय सहितको भिजन पेपर सरकारलाई पेश गरेकाले उक्त भिजनलाई सफलरूपमा कार्यान्वयनमा सरकारको सहयोग खोजेको बताए । उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक विकासमा सरकारको तर्फबाट पूर्ण सहयोग रहेको भन्दै महासंघले अगाडि सारेको भिजन पेपरलाई सरकारले समेत अपनत्व लिई कार्यान्वयनमा जोड दिएको बताए । औद्योगिक क्षेत्रको विकास र त्यससंग सम्बन्धित नीति निर्माण गर्दा निजी क्षेत्रसंग सहकार्य हुनेमा विस्वस्त रहन पनि उनले निजी क्षेत्रलाई आग्रह गरे। औद्योगिक विकासमा सरकार पनि निजी क्षेत्र जत्तिकै चिन्तित भई निजी क्षेत्रलाई सहयोग गरीरहेको पनि उनले स्पष्ट पारे । तपाईहरूका समस्यालाई समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न उद्योग मन्त्रालय कहिल्यै पछि नपर्ने प्रतिवद्धता उनले बताए । सचिव पोखरेलले आफूसंग रहेका समस्यालाई मन्त्रालयमा ल्याउन उद्योगी व्यवसायीलाई आग्रह गर्दै आफै अग्रसर भएर सम्बोधन गर्ने विश्वास दिलाए । उद्योग विभागका महानिर्देशक जिवलाल भुसालले हरेक कामलाई सहज बनाउन विभागलाई पूर्ण अटोमेसन लैजाने तयारी विभागका तर्फबाट भैरहेको जानकारी गराए । कार्यक्रममा सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग मन्त्रालयलाई सरकारले कहिल्यै प्राथमिकतामा नराखेको आभास निजी क्षेत्रलाई भएको गुनासो गरे। कतिपय नीति नियमहरू विगतमा निजी क्षेत्रसंग छलफल नगरी बनाएकाले पनि अहिले समस्या आएको उनको धारणा थियो । कार्यक्रममा महासंघ उद्योग समितिका सभापति भरत आचार्यले कार्यपत्र प्रस्तुुत गर्दै लागत खर्च बढी, उर्जाको अभाव, महंगो जग्गा, उच्च श्रम लागत, उच्च कर उद्योग विकासका लागि प्रमुख बाधक रहेको स्पष्ट पारे । सभापति आचार्यले अव लागत न्यूनिकरण मार्फत औद्योगिकीकरणमा जोड दिनुुपर्ने सुुझाव दिए । कार्यक्रममा महासंघका कार्यकारिणी समितिका सदस्य, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ, महासंघको वस्तुुगत संघका अध्यक्ष एवं पदाधिकारीहरू, सरकारी अधिकारीहरू, उद्यमी व्यवसायीहरूले आआफना गुनासा एवं समस्याहरू राखेका थिए । स्वदेशी उद्यम र उत्पादनः दिगो औद्योगिक पुनरूत्थान नारासहित सातौं राष्ट्रिय उद्योग दिवस आज मनाइदै छ ।