पाकिस्तान प्रशासित कश्मीरमा सामूहिक बलात्कारमा परेकी मारिया ताहिरले अझै सरकारसँग न्यायको याचना गरिरहेकी छन्। मारिया ताहिर एक बहादुर र साहसी महिलामध्येमा पर्छन्। सामूहिक बलात्कृत भएपछि केही समय उपचार गराएर आफूमाथि भएको अन्यायविरुद्ध लड्न उनी आफैँ उठिन्, कुनै पनि राजनीतिक र सामाजिक दबाबको अगाडि झुकिनन्, उनको प्रेरणादायक कथाले विश्वको ध्यान तानेको छ।