नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको पाँचौँ अधिवेशनबाट प्रवीण कँडेल अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट उनको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा हिमलाल गैरे, कपिल पाण्डे , लोकराज पौडेल चयन भएका छन् भने महासचिवमा चुन्ना क्षेत्री चयन भएका छन् । यस्तै सचिवमा विक्रम शर्मा पंगेनी, कोषाध्यक्षमा प्रतिक पोखरेल, राष्ट्रिय महिला संयोजकमा सजना मानन्धर, राष्ट्रिय युवा संयोजकमा सुजन न्यौपाने चयन हुँदा सदस्यहरूमा अनिल पौडेल, हेमन्त खड्क