३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक

१२ माघ, काठमाडौं । ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये अधिकांश हिमाली र पहाडी जिल्लाहरूको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको हो । तराईका सबै जिल्लाहरुको जनसंख्या वृद्धिदर धनात्मक छ । हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ, […]

सम्बन्धित सामग्री

‘मानवविहीन मध्यपहाड’ विज्ञले पहिल्यै भन्थे, एमालेले बल्ल देख्यो

एमालेको निष्कर्ष छ– धेरै जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक छ । कतिपय गाउँबस्ती रित्तिँदै गएका छन् । विद्यार्थी अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा छन् । खेतीयोग्य जमिन बाँझिँदै छ । गाउँमा श्रमका लागि युवाको अभाव छ ।

पुष्पलाल लोकमार्गमा हिँडेको एमालेले कोर्ला त मध्यपहाडको समृद्धि ?

राष्ट्रिय जनगणना २०७८ अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्गले छोएका २६ जिल्लाहरूमध्ये पाँचबाहेक २१ वटा जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको देखाएको छ ।

पुष्पलाल लोकमार्गमा हिँडेको एमालेले कोर्ला त मध्यपहाडको समृद्धि ?

राष्ट्रिय जनगणना २०७८ अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्गले छोएका २६ जिल्लाहरूमध्ये पाँचबाहेक २१ वटा जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको देखाएको छ ।

कोशी प्रदेशका १० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक

धनकुटा : कोशी प्रदेशका १० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ। २०६८ सालको जनगणनामा जनसंख्याको तुलनामा २०७८ सालको जनगणनामा कोशी प्रदेशका १० वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको पाइएको हो। तथ्यांक कार्यालय धनकुटाले शुक्रबार राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरिय नतिजा सार्वजनिक कार्यक्रमको आयोजना गरेर कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाहेकका जिल्लामा जनसंख्या ऋणात्मक भएको जानकारी दिएको हो।राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने ज

३२ जिल्लामा घट्यो, ४५ जिल्लामा बढ्यो : कुन जिल्लामा कति छ जनसंख्या?

काठमाडौं : लगातार रुपमा पहाडी तथा हिमाली जिल्लाहरुमा जनसंख्या वृद्धिदर ऋणात्मक(घटेको) देखिएको छ। २०६८ सालको जनगणनाको तुलनामा २०७८ को जनगणनामा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक बनेको हो। सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमा देखिएको छ। भक्तपुरमा ३.३२ प्रतिशतले जनसंख्या वृद्धि भएको छ। २०६८ को जनगणनामा तीन लाख…

घट्दो जनसांख्यिकी लाभांश

नेपालको जनसंख्या ३ करोड नाघ्ने अनुमान गरिए पनि राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विश्लेषणले २ करोड ९१ लाख ९२ हजार रहेको देखाएको छ । तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले नेपालको जनसांख्यिक सूचकहरूमा १० वर्षयता ठूलै परिवर्तन भइरहेको देखाएको छ, जसअनुसार नेपालले गम्भीर रूपमा नीतिहरू अवलम्बन गर्नुपर्ने हुन्छ । जनसंख्या घट्दै जानुको संकेत हो : बूढो मान्छेको अनुपात युवाको दाँजोमा बढ्दै जानु । यति हुँदाहुँदै पनि अहिले युवा जनसंख्याको अनुपात अझै राम्रो छ । जनसंख्या वृद्धिलाई चुनौतीका रूपमा हेरिने गरिएकामा त्यसको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशतमा सीमित भएको छ । यसले अबको केही दशकमा नै नेपालमा काम गर्न नसक्ने उमेरका मानिसहरूको संख्या व्यापक वृद्धि हुने र युवाहरूको संख्या घट्दै जाने देखाएको छ । अहिले नै नेपालले सामाजिक सुरक्षाको भार बोक्न नसकिरहेको अवस्थामा यसबारे नेपालले गम्भीर भएर योजना बनाउनुपर्ने चुनौती थपिदिएको छ ।   नेपालमा महिलाको संख्याभन्दा पुरूषको संख्या कम छ । १० वर्षअगाडिको जनगणनामा पनि यस्तै थियो । धेरै देशमा पुरूष बढी र महिला कम देखिन्छन् । यसमा ती देशमा समस्या ल्याएको देखिन्छ । नेपालमा पेटमै भ्रूण पहिचान र गर्भपतन हुने गरेको छ भनिए पनि जनगणनाको त्यस्तो प्रवृत्ति ज्यादै कम रहेको पुष्टि गरेको छ । नेपालले जनसंख्याको यो वास्तविकता विभिन्न अन्तरराष्ट्रिय फोरममा राख्न सक्छ । जनसंख्या वृद्धिलाई देश विकासको समस्यामा रूपमा हेरिन्थ्यो । त्यही भएर सरकारले परिवार नियोजनका कार्यक्रमहरू सञ्चालन गरेको थियो । तर, अब यस्ता कार्यक्रमको औचित्य समाप्त भएको देखिन्छ । अहिलेको जनगणनाले नेपालले केही दशकमै युवाहरूको संख्या कम हुने समस्या भोग्ने संकेत गरेको छ । विकसित देशहरूमा अहिले यो समस्या छ जसले गर्दा विदेशी मुलुकबाट कामदार भित्त्याउनुपर्ने बाध्यता ती देशलाई छ । नेपाल विकसित नहुँदै ती राष्ट्रजस्तै बन्यो भने अर्को समस्या थपिने देखिन्छ । जनसंख्या घट्दै जानुको संकेत हो : बूढो मान्छेको अनुपात युवाको दाँजोमा बढ्दै जानु । यति हुँदाहुँदै पनि अहिले युवा जनसंख्याको अनुपात अझै राम्रो छ । जनसांख्यिकीय लाभांशको अवसर अझै बाँकी छ । यो जनसंख्यालाई ठूलो र व्यवस्थापन गर्न गाह्रो भन्ने अवस्था रहेन । यो जनसंख्यालाई नेपालमै रोजगारी दिने हो भने त्यसले पनि राम्रो आर्थिक विकासको अवसर दिलाउँछ । नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर निकै घटेको छ । यो समग्र तथ्यांक हो । केही समुदायमा बढी मृत्युदरको समस्या नभएको होइन । तिनका लागि विशेष कार्यक्रम गर्न सकिन्छ । नयाँ गनगणनाअनुसार सहरमा बसोबास गर्नेको संख्या ह्वात्तै बढेको छ । अघिल्लो जनगणनामा १७ प्रतिशत मानिसमात्रै सहरमा बस्थे । तर, नयाँ जनगणनाअनुसार सहरी क्षेत्रमा बसोवास गर्नेको संख्या ६३ प्रतिशत र ग्रामीण क्षेत्रमा बस्नको संख्या ३६ प्रतिशत रहेको छ । गत दशकमा धेरै नगरपालिका घोषणा भएकाले यस्तो भएको हो । यद्यपि नगरपालिकाहरू घोषणा गर्दा सुविधा नपुगेका ठाउँलाई समेत समेटिएकोमा विवाद भएको थियो । जनगणनाको देखाएको अर्को संकेत हो : जनसंख्या वृद्धिको क्षेत्रगत असन्तुलन । जिल्लाका आधारमा हेर्दा हिमाली र पहाडी गरी ३२ ओटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । १० वर्षअघि २७ जिल्लामा मात्रै ऋणात्मक थियो । यसले ठूलो जनसंख्या पहाडी र हिमाली भूभागबाट उपत्यका, भित्री मधेश वा तराईतिर बसाइ सरेको देखाउँछ । यसको असर निर्वाचन क्षेत्र निर्धारणमा पर्ने देखिन्छ । पहाडी र हिमाली क्षेत्रबाट निर्वाचित हुने सांसदहरूको संख्या घट्दै जाने देखिन्छ । यसले निम्त्याउने समस्यालाई लिएर अध्ययन र बहस गर्नुपर्ने आवश्यकता बढेको छ । नेपालका वैदेशिक रोजगारीमा जाने प्रवृत्ति निकै बढेको भनिए पनि १० वर्षअघिको संख्यासँग तुलना गर्दा त्यति साह्रो बढेको देखिँदैन । १० वर्षअघि १९ लाख २१ हजार नेपाली विदेशमा रहेकामा अहिलेको जनगणनाअनुसार २१ लाख ६९ हजार नेपाली विदेशमा रहेको पाइएको छ । जनगणनाका अरू प्रवृत्तिहरू थप प्रकाशनमा आउँदै जानेछ तर बुधवार सार्वजनिक भएका तथ्यांकहरूले नेपालले केही पक्षमा गम्भीर गृहकार्य थाल्नुपर्नेतर्फ संकेत गरेको छ ।

३२ जिल्लामा जनसंख्या वृद्धि ऋणात्मक, सबैभन्दा कम वृद्धि रामेछापमा

काठमाडौं । हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा जनसंख्या वृद्धिदर वार्षिक रुपमा घटिरहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागका अनुसार २०६८ को जनगणनामा २७ वटा जिल्लामा जन संख्या वृद्धिदर ऋणात्मक थियो । विभागका अनुसाार सबैभन्दा कम जन संख्या वृद्धि रामेछापमा देखिएको छ । रामेछाप जिल्लाको जन संख्या वृद्धिदर माइनस एक दशमलव ६५ प्रतिशत […]