नवलपरासी पूर्व : नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा नेपाली र नेकपा एमालेका कार्यकर्ताबीच चुनावी प्रचारका क्रममा झडप भएको छ। झडपका क्रममा ६ जना घाइते भएको बताइएको छ।कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मीदेवी पाण्डेमाथि आक्रमण भएको जनाइएको छ। गएराति घरदैलो कार्यक्रम सकेर फर्कने क्रममा आक्रमण भएको पाण्डेले जानकारी दिइन्। पाण्डे यसअघि पनि गाउँपालिका अध्यक्ष थिइन्।वडा नम्बर ४ को घरदैलो कार्यक्रम सकेर घर फर्कने क्रममा झ्यालबासको ज्वाला मा।वि नजिक एमालेको झण्डासहित मोटरसाइकलमा आएका कार्यक