धनगढी- कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार उनले एक सय मतले अग्रता लिएका हुन् । अहिलेसम्म २८ हजार मतगणना हुँदा बलायरले १२ हजार १३४ पाएका छन् । यस्तै नेकपा एमालेका लेखराज भट्टले १२ हजार ३४ मत प्राप्त गरेका छन् । दिनभरकाे गणनामा अग्रतामा रहेका भट्ट अहिले पछि परेका छन्।