स्कुटर चोरी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । इस्मा गाउँपालिका-१ घर भइ रेसुङा नगरपालिका-२ मा बसोबास गर्ने सीता खत्रीको नाममा रहेको लु५०प ९२०२ नम्बरको...
काठमाडौँ– ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले काठमाडौँ सिफलका रमोद ठाकुर लोहारको गत वैशाख २६ गते नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने पोखराका २४ वर्षीय अमर सुनारलाई आज पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कालो रङको […]
उनीहरूविरुद्ध चोरी कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आयोजनाको हेडबक्स रहेको स्थान बेनीबाट मङ्गलबार राती फलामको पाताहरू गाडीमा राखेर लैजाने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
दाङ : दाङमा प्रहरीले चोरिएका ६ वटा मोटरसाइकलसहित ३ जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका-९ घर भइ हाल घोराही उपमहानगरपालिका-१४ बस्ने ३० वर्षीय भानुभक्त बाँठा, तुलसीपुर उपमहानगरपालिका-१९ घर भइ हाल घोराही उपमहानगरपालिका-११ बस्ने २१ वर्षीय मदन पुन र तुलसीपुर उपमहानगरपालिका-१८ बस्ने १८ वर्षीय बादल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न व्यक्ति र बरामद भएको मोटरसाइक
पसलहरूमा चोरी गरेको अभियोगमा दाङको तुलसीपुरबाट दुई युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भएका २० बर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भएका १९ बर्षीय विशाल परियार पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।उनीहरु दुबै जना तुलसीपुर ६ रजौरामा डेरा गरि बस्दै आएका थिए । प्रहरीले उनीहरुलाई रजौरास्थित कोठाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । अर्का एक जना फरा
दाङमा पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। राप्ती गाउँपालिका–१ निवासी गङ्गादेवी क्षेत्रीको घरबाट पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।उनीहरूको साथबाट प्रहरीले सुनको बाला ५ थान, मङ्गलसूत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थान समेत गरी अन्दाजी ४ लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद र एक था
मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका घर भएका २० वर्षीय सुनम कार्की र संखुवासभाको चैनपुर घर भएका २१ वर्षीय सन्देश शेर्पा छन् ।आरोपीहरुले चैनपुर नगरपालिका क्षेत्रबाट चोरी गरेको ६ ओटा मोटरसाइकल बरामद गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले रातोपाटीलाई बताए । प्रहरीले साउन १० मा चैनपुर–९ स्थित पिलुवाबाट बा.९६ प ३६०२ नम्बरको मोटरसाइकल सहित सुमन कार्कीलाई पक्राउ गरेको
विराटनगर / चोरी गरेको ५० हजार रुपैयाँ नगद र अढाई तोला बराबरको चाँदीको सिक्रीसहित विराटनगरबाट बुधबार प्रहरीले एक युवालाई पक्राउ गरेको छ । मोरङ प्रहरीमा प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार चोरीमा संलग्न विराटनगर महानगरपालिका–८ स्थित विश्वकर्मा चोकका २२ वर्षीय अनिलकुमार यादवलाई पक्राउ गरिएको हो । उनका अनुसार यादवले बुधबार बिहानका राति २ बजेतिर विराटनगर–८ कै...
The post चोरी गरेको ५० हजार र चाँदीको सिक्रीसहित एक युवा पक्राउ appeared first on Purbeli News.
काठमाडौं । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले कोटेश्वर स्थित नरेफाँटबाट दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बीरगञ्जस्थित परवानीपुर घर भएका १८ वर्षीय बिकास थापा मगर र २१ वर्षीय विशाल थापा मगर छन् ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटर प्रहरीले बरामद गरेको छ ।उनीहरुको नरेफाँटमा डेरा छ । चार दिनअघि नरेफाँटबाट मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले चोरीमा संलग्नको खोजी थालेक