स्थानीय चुनाव लड्न विराटनगरमा पाँच वडाध्यक्षसहित १३ जनप्रतिनिधिको एकसाथ राजीनामा

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका पाँच वडा अध्यक्षसहित १३ जना जनप्रतिनिधिले बिहीबार एकैसाथ आफ्नो पदबाट राजीनामा दिएका छन् । विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० का वडाध्यक्ष माधवराज वाग्ले, १४ का वडाध्यक्ष वलदेव यादव, १९ का वडाध्यक्ष बद्रीनारायण सरदारले राजीनामा दिएका हुन् । त्यसैगरी सदस्यहरुमा विजय दाहाल, केवलराय […]

सम्बन्धित सामग्री

स्थानीय चुनाव : विराटनगरमा ओलीको सहभागितामा एमालेको आमसभा

नेकपा एमाले विराटनगरले वैशाख २४ गते वृहत् चुनावी भेला गर्ने भएको छ । भेलालाई पार्टी अध्यक्ष तथा  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने नेकपा एमाले मोरङ निर्वाचन परिचालन कमिटीका संयोजक एवं केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।  स्थानीय जैन भवनमा आयोजित पार्टीको विराटनगर महानगरस्तरीय चुनावी भेलामा १९ वटै वडाका उम्मेदवार  तथा  कम्तिमा पाँच हजार  कार्यकर्ताहरूको सहभागिता रहने ढकालले जानकारी दिए । सोही दिन अध्यक्ष ओलीले मोरङको सुन्दरह

विराटनगरमा मनोनयन दर्ताको चहलपहल (तस्बिरहरू)

विराटनगर । स्थानीय चुनाव-२०७९ अन्तर्गत मनोनयनको पहिलो दिन विराटनगर महानगरपालिकाका लागि आज मेयरसहित केही पदमा उम्मेदवारी परेको छ । मेयरमा उमेश यादव र सक्रिय गौतमले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै वडा अध्यक्ष र सदस्यमा अहिलेसम्म १४ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उपमेयरमा भने कसैको उम्मेदवारी […]

देशलाई सही दिशा दिन फेरि कांग्रेसको नेतृत्व चाहिएको छ : डिला संग्रौला

विराटनगर । स्थानीय चुनाव नजिकिएपछि नेपाली कांग्रेस मोरङले जिल्लास्तरीय प्रशिक्षण आयोजना गरेको छ । पार्टी कार्यालय विराटनगरमा बुधबार आयोजित प्रशिक्षणमा केन्द्रीय नेता डा. मिनेन्द्र रिजाल र डा.डिला संग्रौला सहभागी भएका थिए । त्यस अवसरमा नेता रिजालले अमेरिकी सहयोग परियोजना (एमसीसी)को विषयमा जनमानसमा रहेको भ्रम चिर्न जरुरी भएको बताए । उनले भने, “नेपालीको...

स्थानीय चुनाव गर्ने मिति घोषणाको माग गर्दै विराटनगरमा अनेरास्ववियुको सडक बहस

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु १ नम्बर प्रदेश कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै विराटनगरमा बुधवार सडक बहस गरेको छ ।  कार्यक्रममा १ नम्बर प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले सरकारले संविधानको बर्खिलाप हुने गरी निर्णय गर्न नसक्ने बताए । संविधानले १ दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको उनले बताए । सरकारको भजन गाउने कानून व्यवसायीलाई बोलाएर संविधानको छिद्र खोज्ने काम गरिरहेको आरोप उनले लगाए । अर्थशास्त्री प्रा.डा. अर्जुन बरालले  संविधानको व्यवस्थाअनुसार तत्...