काठमाडौँ। स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे काठमाडौँ संकल्प जारी गरेका छन्। बिहीबारदेखि काठमाडौँमा सुरु भेलाले २० बुँदे काठमाडौँ संकल्प जारी गरेका हुन्।
संकल्प पत्रमा आफुहरु शासक होइनः जनताको सेवक बन्ने, आफुहरुको नेतृत्वमा रहेका पालिकाहरुमा सुशासनका नमूना बनाउने, सदाचारमा नमूना बन्ने, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरु रहेका छन्।