जेठ ५, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते १६औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । सभा अपरान्ह्र ४ बजे शुरु हुने भएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।
सभाको अन्य प्रस्तावमा सञ्चालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/७७ पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि जेठ १४ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा जेठ १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।