राष्ट्रिय जेनजी नागरिक अभियानले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै उक्त निर्णय तत्काल रद्द गर्न माग गरेको छ।
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौं । बढ्दो महँगी, महँगो घरभाडा, बेरोजगारी र शिक्षामा अपर्याप्त सरकारी लगानीविरुद्ध युरोपका विभिन्न देशमा विद्यार्थी तथा युवाको आन्दोलन चर्किएको छ। फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा फैलिएको विरोध प्रदर्शनमा शिक्षा प्रणाली सुधारदेखि सस्तो आवासको व्यवस्था र सरकारको जवाफदेहितासम्मका माग उठाइएका छन्। आन्दोलन शान्तिपूर्ण र्यालीदेखि विद्यालय कब्जा, संसद् भवनअगाडि धर्ना तथा प्रहरीसँगको झडपसम्म भएका […]
काठमाडौँ । दसैँको अवसरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ। दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार निःशुल्क बस सेवा लगातार […]
दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।