काठमाडौँ । दसैँको अवसरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ। दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार निःशुल्क बस सेवा लगातार […]