एन-प्याब्सनको अध्यक्षमा ढुङ्गाना र महासचिवमा कटुवाल सर्वसम्मत

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको १५ औं महाधिवेशनमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष र महिला उपाध्यक्ष सर्वसम्मत चयन भएको छ।कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज शुरु महाधिवेशनमा अध्यक्षमा डिके ढुङ्गाना, महासचिवमा आरबी कटुवाल, महिला उपाध्यक्षमा संगीता सिल्वाल र कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने सर्वसम्मत भएको अध्यक्ष टीकाराम पुरीले जानकारी दिए। उनका अनुसार बिहीबार बिहानसम्म सर्वसम्मतिको प्रयास गरिने र सर्वसम्मत नभएमात्र निर्वाचन गरिनेछ।देशभरिबाट २ हजार २ सय ४६ प्

सम्बन्धित सामग्री

राजमो अध्यक्षमा ढुङ्गाना चयन

काठमाडौं । नेकपा मसालको चुनावी मोर्चा (राष्ट्रिय जनमोर्चा) बागलुङको अध्यक्ष पदमा राजेन्द्र ढुङ्गाना चयन भएका छन् । बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौँ जिल्ला सम्मेलनबाट आइतबार ढुङ्गाना अध्यक्षमा निर्विरोध चयन भएका हुन् । अधिवेशनले खिमविक्रम शाहीलाई उपाध्यक्षमा चयन गरेको छ । सचिवमा भीमलाल पोखरेल दोहोरिएका छन् । सहसचिवमा शान्तकला शर्मा र […]

नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन

काठमाण्डौ - देशभरिका २ सय ९३ नगरपालिकाको साझा सङ्घ नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन हुनुभएको छ । काठमाण्डौमा भएको आठौँ महाधिवेशनले धादिङको नीलकण्ठ नगरपालिका मेयर ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, महासचिवमा नरुलाल चौधरी, उपमहासचिवमा सुनिता डङ्गोल, कोषाध्यक्षमा विमला राई र सहकोषाध्यक्षमा मीनाकुमारी लामा रहनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ । हिजो काठमाण्डौमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनले २५ बुँदे घोषणा...

कैलालीमा हँसिया प्रहार गरेर भिनाजुले गरे सालाको हत्या

मंगलबार राति करिब ९ बजे भएको घटनापछि ढुङ्गाना फरार रहेको प्रहरीले जनाएको छ ।

नुवाकोट–२ प्रदेशसभा (१) मा माओवादी केन्द्रका ढुङ्गाना विजयी

काठमाडौँ,८ मँसिर । नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामप्रसाद ढुङ्गाना विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले १२ हजार एक सय १० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङ्गानाका निकटतम् प्रतिस्पर्धी नेकपा ९एमाले०का […]

नबिलको नेतृत्व सम्हाल्दै ज्ञानेन्द्र ढुङ्गाना

ज्ञानेन्द्र ढुङ्गाना नेपालको अग्रणी नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन् । गत जेठ ७ गते बसेको बैंकको विशेष साधारणसभाको निर्णय अनुसार ढुङ्गानाले असार १७ गते अर्थात् जुलाई १ देखिनै नबिल बैंकको नेतृत्व सम्हाल्ने भएका हुन् । ढुङ्गानाले सीईओको नियुक्ति पत्र समेत लिइसकेका छन् ।तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील ढुङ्गाना यसअघि नेपाल बंगलादेश बैंकको सीईओ रहेका थिए । उनले नेतृत्व सम्हाल्दै आएको बंगलादेश बैंक नै नबिलमा गाभिने भएपछि मर्जर पछिको ठूलो बैंकको नेतृत्वको जिम्मेवारी

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना

काठमाडौं, १० जेठ । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त गरेको छ । नेपाल बङलादेश बैंक र नविल बैंकले एक आपसमा मर्ज सम्बन्धी समझौता गरेसँगै नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा आगामी असार १७ गतेदेखि लागू हुने गरी ढुङ्गानालाई नियुक्त भएका हुन् । ढुंगाना यसअघि नेपाल बंगलादेश बैंकको सीईओ थिए ।

नबिल बैङ्कको सिइओमा ज्ञानेन्द्र ढुङ्गाना नियुक्त

काठमाडौँ । नबिल बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र ढुङ्गाना नियुक्त भएका छन्। नबिल बैङ्कमा बङ्गलादेश बैङ्क मर्ज गराउन प्रमुख भूमिका निर्वाह गरेका ढुङ्गानालाई नबिल बैङ्कको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो। ढुङ्गानाको कार्यकाल आगामी १७ असारदेखि लागू हुने छ। यसअघि ढुङ्गानाले नेपाल बङ्गलादेश बैङ्कमा १० वर्षसम्म सिइओ भएर काम गरेका थिए। नबिल बैङ्कका वर्तमान […]

मेलम्ची नदी

हेलिकप्टरबाट देखिएको मेलम्ची नदी र बजारको दृश्य । तस्वीर/ नारायण ढुङ्गाना/रासस

डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्र

सरकारले नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा निलम ढुङ्गाना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले ढुङ्गाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो । राष्ट्र बैङ्कका निवर्तमान डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल एक साताअघि सकिएको थियो । डेपुटी गभर्नरमा नियुक्त हुनुभएका ढुङ्गाना पहिलो महिला डेपुटी गभर्नर हुनुहुन्छ । उहाँहरूको कार्यकाल पाँच वर्ष रहेको छ ।