स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र मुक्तिनाथ विकास बैंकबीच एससीटी–अप डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास लिएको एससीटीले जनाएको छ […]