काठमाडौं । नेकपा एमालेका सांसद ईश्वर पोखरेलले जित र हारको मानसिकताबाट मुक्त भएर एसपीपी सम्झौताको सम्बन्धमा यथार्थ तथ्य खोजी गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद पोखरेलले अमेरिकी प्रस्ताव सम्बन्धमा एकले अर्कोलाई आरोप लगाइएको भन्दै तथ्य खोजी गर्नुपर्ने बताउनुभयो । उहाँले यस सम्बन्धमा सरोकारवाला निकायबीच भएका पत्राचारले सत्य तथ्य बुझ्न सघाउने बताउनुभयो ।