पढाइ सुधार्न नमुना कक्षा तयार गर्दै विद्यालय

सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक भए पनि सिकाइ प्रभावकारी भएन। शिक्षकमा जागिरे प्रवृत्ति हाबी भयो।...

सम्बन्धित सामग्री

विद्यार्थी भर्ना अभियान सुरु, कक्षा १ मा छ लाख भर्ना गरिने

चालु शैक्षिक सत्रमा कक्षा १ मा करिब छ लाख नयाँ विद्यार्थी भर्ना हुने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्क अनुसार ती बालबालिकामध्ये प्रारम्भिक बाल विकास केन्द्रको अनुभव हासिल गरेका बालबालिका करिब ७० प्रतिशत छन् । केन्द्रका महानिर्देशक दीपक शर्माका अनुसार पाँच वर्ष उमेर पूरा भएका बालबालिकाको सङ्ख्या पाँच लाख ८२ हजार छ । विद्यालय जाने उमेर पूरा भएर पनि विविध कारणले विद्यालयबाहिर रहेका बालबालिकाको सङ्ख्या भने दुई लाख १३ हजार छ । ती बालबालिकामध्ये केही विगतमा भर्ना भएर पनि पढाइ छाडेका तथा केही भर्ना नै नभएका हुन् ।

पढाइ सुधार्न नमुना कक्षा तयार गर्दै विद्यालय

सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक भए पनि सिकाइ प्रभावकारी भएन। शिक्षकमा जागिरे प्रवृत्ति हाबी भयो।...

अझै जस्ताको टहरामा पठनपाठन

कक्षा ४ मा अध्ययनरत समीक्षा जिरेल बिहान ८ बजे नै विद्यालय जान तयार हुनुहुन्छ । उहाँलाई विद्यालय पुग्न करिब डेढ घण्टा लाग्छ । बर्खायाममा दिउँसो कक्षा चलिरहेको बेला पानी पर्दा शिक्षकले पढाएको विद्यार्थीले नसुनेपछि आजभोलि दिनहुँजसो पढाइ रोकिने गरेको छ । २०७२ को भूकम्पपछि पठनपाठनका लागि जस्ताको अस्थायी टहरो बनाइएको थियो । नयाँ भवनको आशामा रहेका जिरी माविका विद्यार्थी अझै तिनै टहरामा बसेर पढ्न बाध्य छन् । भूकम्पले २०१७ सालमा बनेको जिरी नगरपालिका–६ स्थित जिरी माध्यमिक विद्यालयको भवन भत्किएको सात वर्ष बितिसक्दा पनि नयाँ भवन नबन्दा पढाइमा बाधा पुगिरहेको छ । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा ६६५ जना विद्यार्थी अध्ययनरत छन् ।

सल्यानका ५४ ओटा विद्यालयमा फोनबाट पठनपाठन शुरु

असार १, सल्यान । सल्यानका ५४ ओटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन शुरु भएको छ ।  कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जानकारी गरेको निषेधाज्ञाको समयमा जिल्लाका ६ ओटा स्थानीय तहका ५४ ओटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन शुरु भएको हो ।  अहिले विद्यार्थी सिकाई सहजिकरणका लागि अभिभावकको फोन सम्पर्कबाट बालबालिकाहरुको पठनपाठन शुरु गरिएको हो । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग तथा दलित विकास समाज सल्यानको व्यवस्थापनमा जिल्लामा सञ्चालित साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका ५४ ओटा विद्यालयमा पठनपाठन शुरु भएको हो ।  जसमा शारदा नगरपालिकाका १० ओटा, बागचौर नगरपालिकाका ६ ओटा, सिद्धकुमाख गाँउपालिकाका ५ ओटा, छत्रेश्वरी गाँउपालिकाका १४ ओटा, त्रिवेणी गाँउपालिकाका १० ओटा र कपुरकोट गाँउपालिकाका ९ ओटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन शुरु गरिएको हो । जसमा कक्षा १ का ८४२ जना र कक्षा २ का ९६८ जना गरेर जम्मा १ हजार ८१० जना विद्यार्थीहरुले अध्ययन गरिरहेको रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत बावुराम पोख्रेलले जानकारी दिए ।  उनले निषेधाज्ञाको समयमा अभिभावकहरुसँग घरमै रहेका बालबालिकाहरुलाई उनीहरुको पढाइलेखाइलाई निरन्तरता दिन कठिनाई भएको अवस्थामा फोनबाट नै पठनपाठनको शुरु गरिएको जानकारी दिए । ‘बालबालिकाहरुलाई फोनबाट नै पढाउन र सिकाउन मिल्ने कुराहरु सिकाई रहेका छौँ, यस कार्यमा अभिभावहरुको पनि राम्रो सहयोग प्राप्त भएको छ’ उनले भने ‘सिकाईलाई निरन्तरता दिनको लागि फोनलाई नै वैकल्पिक विधिको रुपमा लिएका छौँ ।’ सिकाई जहाँ पनि जहिले पनि, भन्ने मान्यतालाई आत्मसात गर्दै पठनपाठन शुरु गरिएको उनको भनाइ छ । जसका लागि शिक्षकले विद्यार्थीलाई फोनमार्फत गर्नसक्ने शिक्षणसिकाई सहयोग एक वैकल्पिक शिक्षण सिकाई माध्यम कार्यान्वयन निर्देशिका तयार गरी ती विद्यालयका १०८ जना शिक्षक शिक्षिकाहरुलाई अभिभुखिकरण गरिएको थियो । यसबाट उनीहरुले फोनबाट नै विद्यार्थीहरुलाई नेपालीभाषा शिक्षणको सिकाई क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।   विद्यार्थीहरुको पढाइ निरन्तरताको लागि फोन विधिबाट सञ्चालन गरिएको पठनपाठन कार्य महत्वपूर्ण भएको कृष्ण माध्यामिक विद्यालय पोखरीकाँडा की शिक्षिका सिता लम्सालले बताइन् । लामो समयदेखि घरमा बसिरहेका बालबालिकाहरुको सिकाईमा निरन्तरता दिन र विद्यार्थीहरुले पढेको कुरालाई नबिर्सिउन भन्नको लागि यो कार्य महत्वपूर्ण भएको उनको भनाइ छ । विद्यालय बन्द भएको अवस्थामा बालबालिकालाई के पढाउने, कसरी पढाउने भनेर अभिभावकहरु अलमलमा परेको अवस्थामा वैकल्पिक पठनपाठन विधि उपयोगि भएको सिर्जनशिल प्राथमिक विद्यालय लेखटाकुरा की शिक्षिका मिना गिरीले बताइन् । उनले अभिभावकहरुको सम्पर्कबाट पठनपाठन गराउन पाउँदा थप सजिलो भएको बताइन् ।

भौतिक उपस्थितिमै पढ्न पाउँदा विद्यार्थी खुसी

तनहुँका सबै विद्यालयहरुमा प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन गरिएको छ । कुनै पनि विद्यार्थीको पढाई अबरुद्ध नबनाउन प्रत्यक्ष विधि नै उपयुक्त भएकाले भौतिक उपस्थितिमै पठन/पाठन गरिएको विद्यालयहरुले जनाएका छन् । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि सुरक्षाका मापदण्ड पालना गरी १० वटै स्थानीय तहमा प्रत्यक्ष विधिमै शैक्षिक गतिविधि हुन थालेको शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत भरत बरालले जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ सुरक्षाको मापदण्ड अपनाई प्रत्यक्ष पढाइ सञ्चालन गर्ने आधार तयार गरे बमोजिम सञ्चालनमा आएको बराल बताउनुहुन्छ । एउटा बेन्चमा दुई जना मात्रै बस्ने, मास्क र सेनिटाईजरको व्यवस्था गर्ने, पार्थना, खेलकुद गतिविधि सञ्चालन नगर्ने जस्ता मापदण्ड अपनाएर शैक्षिक गतिविधि भएको उहाँले बताउनुभयो । व्यास नगरपालिका ३ देउरालीनगर, विसघरेस्थित शिवपाञ्चायन विद्यालयका सहायक प्रधानाध्यापक टीकाराम दाहालले स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरी प्रत्यक्ष कक्षा सञ्चालन भइराखेको बताउनुभयो । कुनै विद्यार्थीको इन्टनेटको पहुँच नपुग्ने, कतिपयको मोबाईल पनि नहुने, मोबाईल भए पनि पर्याप्त मात्रा नहुने जस्ता समस्याले सबैको पढाई सुनिश्चित हुने अवस्था नआएकाले प्रत्यक्ष विधिमा पढाई सञ्चालन गरिएको दाहालले जानकारी दिनुभयो । मन्त्रालयबाट विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ आएपछि र आ–आफ्नो पालिकामा कोरोना संक्रमणको अवस्थालाई मूल्याङ्कन गरी सिकाई सहजीकरण निर्देशिका समेत तयार गरी पठनपाठनलाई सुचारु गरिएकोस्थानीय पालिकाहरुले बताएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले कोभिड १९ पछि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिनु चुनौतीपूर्ण भएका बेला जनस्वास्थ्यको मापदण्ड पालना गरी विद्यालय सञ्चालन भईराखेको जानकारी दिनुभयो । विद्यार्थी सङ्ख्या बढी भएमा समूह विभाजन गरेर व्यवस्थापन गर्न सकिने र स्वास्थ्य सुरक्षाका सामाग्रीको प्रयोग तथा मापदण्ड पालनामा सबै विद्यालय व्यवस्थापन समिति, शिक्षक,