भौतिक उपस्थितिमै पढ्न पाउँदा विद्यार्थी खुसी

तनहुँका सबै विद्यालयहरुमा प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन गरिएको छ । कुनै पनि विद्यार्थीको पढाई अबरुद्ध नबनाउन प्रत्यक्ष विधि नै उपयुक्त भएकाले भौतिक उपस्थितिमै पठन/पाठन गरिएको विद्यालयहरुले जनाएका छन् । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि सुरक्षाका मापदण्ड पालना गरी १० वटै स्थानीय तहमा प्रत्यक्ष विधिमै शैक्षिक गतिविधि हुन थालेको शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत भरत बरालले जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ सुरक्षाको मापदण्ड अपनाई प्रत्यक्ष पढाइ सञ्चालन गर्ने आधार तयार गरे बमोजिम सञ्चालनमा आएको बराल बताउनुहुन्छ । एउटा बेन्चमा दुई जना मात्रै बस्ने, मास्क र सेनिटाईजरको व्यवस्था गर्ने, पार्थना, खेलकुद गतिविधि सञ्चालन नगर्ने जस्ता मापदण्ड अपनाएर शैक्षिक गतिविधि भएको उहाँले बताउनुभयो । व्यास नगरपालिका ३ देउरालीनगर, विसघरेस्थित शिवपाञ्चायन विद्यालयका सहायक प्रधानाध्यापक टीकाराम दाहालले स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरी प्रत्यक्ष कक्षा सञ्चालन भइराखेको बताउनुभयो । कुनै विद्यार्थीको इन्टनेटको पहुँच नपुग्ने, कतिपयको मोबाईल पनि नहुने, मोबाईल भए पनि पर्याप्त मात्रा नहुने जस्ता समस्याले सबैको पढाई सुनिश्चित हुने अवस्था नआएकाले प्रत्यक्ष विधिमा पढाई सञ्चालन गरिएको दाहालले जानकारी दिनुभयो । मन्त्रालयबाट विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ आएपछि र आ–आफ्नो पालिकामा कोरोना संक्रमणको अवस्थालाई मूल्याङ्कन गरी सिकाई सहजीकरण निर्देशिका समेत तयार गरी पठनपाठनलाई सुचारु गरिएकोस्थानीय पालिकाहरुले बताएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले कोभिड १९ पछि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिनु चुनौतीपूर्ण भएका बेला जनस्वास्थ्यको मापदण्ड पालना गरी विद्यालय सञ्चालन भईराखेको जानकारी दिनुभयो । विद्यार्थी सङ्ख्या बढी भएमा समूह विभाजन गरेर व्यवस्थापन गर्न सकिने र स्वास्थ्य सुरक्षाका सामाग्रीको प्रयोग तथा मापदण्ड पालनामा सबै विद्यालय व्यवस्थापन समिति, शिक्षक,

सम्बन्धित सामग्री

भौतिक रुपमा पढाई भएपछि विद्यार्थी उत्साहित

सोलुखुम्बुका विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएपछि विद्यार्थीहरू उत्साहित बनेका छन् । लामो समयदेखि घरमा बस्नुपर्दा तनाव भएको भन्दै सदरमुकामको जन जागृति माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत छात्र प्रज्वल मगरले विद्यालय सञ्चालनमा आएपछि ढुक्क भएको बताउनुभयो । विद्यालयबाट अनलाइन कक्षा समेत नभएकाले घरमा काम गरेर वा खेलेर बस्नुपर्दा एसइईको चिन्ताले सताउने गरेको थियो, अब भने केही आशा पलाएको छ, उहाँले भन्नुभयो ।  त्यस्तै, नेचासल्यान गाउँपालिकाको महेन्द्रोदय माध्यमिक विद्यालयका छात्रा नबिना राउतले पनि विद्यालयमा गएर पढ्न पाउँदा खुसी भएको बताउनुभयो । लामो समयदेखि विद्यालय बन्द हुँदा पढ्न नपाएर बसेका उहाँहरू जस्ता जिल्लाभरिका  विद्यार्थीहरू अहिले फुरुङ्ग भएर विद्यालय जान थालेका छन् ।

विद्यालय खुलेपछि विद्यार्थी खुसी

भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेले का अथर्व पालका लागि सोमबार दिन विशेष दिन बन्यो। करिब एक वर्षपछि स्कुल गएर पढ्न पाउनु पाउँदा उनी निकै खुसी भए। कोरोना भाइरससँगै गत चैत ६ गतेबाट बन्द भएको उनको स्कुल सोमबार पहिलो पटक भौतिक रूपमा विद्यार्थी उपस्थित भएर कक्षा सुरु भएको छ।