तस्बिरहरू: कीर्तिमानी आरोही हरि बुढामगरलाई सरकारी स्वागत

कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरि बुढामगरलाई मंगलबार काठमाडौंमा भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न पर्यटनमन्त्री सुदन किरातीसहितको सरकारी टोली र सर्वसाधारणले उनलाई खादा र मालाले अभिनन्दन गरी स्वागत गरेका हुन् । मन्त्री किरातीले उनलाई खादासँगै ढाकाटोपी पहिरिदिएका थिए ।

सम्बन्धित सामग्री

कीर्तिमानी आरोही कामीरिता शेर्पा र हरि बुढामगरलाई सम्मान

विश्वकै अग्लो हिम चुचुरो सगरमाथा कृत्रिम खुट्टाको सहायतामा आरोहण गरेका रोल्पाका हरि बुढामगर र २८ पटक चढेर सर्वाधिक आरोहण कीर्तिमान गर्ने सोलुखुम्बुका कामीरिता शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले १६ औं सगरमाथा दिवसका अवसरमा सोमबार सम्मान गरिन् ।