भाद्र शुक्ल तृतीयाका दिनमा बिहीबार देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाएका बर्तालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।सामान्यतया अरु व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका (तीज) व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका बर्तालुले पनि व्रत समापन चतुर्थीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन् ।भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र क