काठमाण्डौ – लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत् परियोजनाको विकासको सन्दर्भमा एनएसपीसी लिमिटेडसँग सहमति पत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
आज सोमवार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत् परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमति पत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको जनाएको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै लगानी बोर्डका सहसचिव अमृत लम्सालले माथिल्लो मस्र्याङ्दी २, तीन सय २७ मेगावाट जलविद्युत् परियोजनाको एमओई गरेर यसको सर्वेक्षणको काम अघि बढाउने न...