१४ पैसा नाफा बढाउनु पर्ने भन्दै व्यवसायीले दिए पेट्रोलियम पदार्थको कारोबार ठप्प पार्ने चेतावनी

काठमाडौं । पेट्रोल विक्रेताले १४ पैसा प्रतिलिटर नाफा बढाउन माग गर्दै माग सम्बोधन नगरे पेट्रोलियम पदार्थको कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् । पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल पेट्रोलियम व्यवसायी ढुवानी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले संयुक्त विज्ञप्ति निकाल्दै ६ बुँदे माग राखेका छन् ।  माग सम्बोधन नभएमा पेट्रोलियम पदार्थको कारोबार ठप्प पार्ने चेतावनी संयुक्त विज्ञप्तिमार्फत दिइएको छ । ‘पेट्रोलियम विक्रेताले प्रतिशतमा पाउँदै आएको कमिशन २०७८ फागुन १९ गतेबाट स्थगन गरिएकोमा सोही मितिबाट लागू हुनेगरी साविकको व्यवस्था अनुसार गरिनुपर्ने’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।  नेपाल आयल निगमले पेट्रोल विक्री गरेवापत विक्रेतालाई प्रतिलिटर ३ दशमलव ४ प्रतिशत कमिशन दिंदै आएको थियो। सो अनुसार यसअघि विक्रेताले ४ रुपैयाँ ७१ पैसा प्रतिलिटरका दरले कमिशन पाउँदै आएका थिए । आयल निगम सञ्चालक समितिले गत फागुन १९ गतेबाट लागू हुनेगरी प्रतिशतमा उपलब्ध गराउँदै आएको कमिशन खारेज गरेको थियो । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अत्यधिक बढेका कारण नेपालमा पनि मूल्य बढेकाले प्रतिशतमै कमिशन उपलब्ध गराउन नसक्ने भन्दै विक्रेताको कमिशन ४ रुपैयाँ ७१ पैसा नै यथावत राख्ने निर्णय निगमको सञ्चालक समितिले गरेको थियो । यसअघिदेखि नै प्रतिशतमा कमिशन पाउँदै आएका विक्रेताको कमिशन पछिल्लो पटकको मूल्य वृद्धिमा बढ्न नपाएपछि व्यवसायीले अस्वभाविक माग राखेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । उनका अनुसार पछिल्लो समय मूल्य बढेअनुसार प्रतिशतमै कमिशन उपलब्ध गराउँदा विक्रेताले थप १४ पैसा प्रतिलिटर मात्रै पाउँथ्ये। ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण अहिले नेपालमा महंगो भएको हो’ उपाध्यायले भने, ‘यस्तो बेलामा पनि व्यवसायीले प्रतिशतमै कमिशन पाउनुपर्ने माग गरेका छन्। अहिलेको मूल्य अनुसार प्रतिशतमै कमिशन दिँदापनि १४ पैसा मात्रै व्यवसायीले पाउने हुन्।’ त्यस्तै विक्रेताले पाउँदै आएको प्राविधिक नोक्सानी सम्बन्धमा नाप तौल तथा गुणस्तर विभागले गरेको अध्ययन प्रतिवेदन अनुसार लागू हुनुपर्ने माग व्यवसायीले गरेका छन् । त्यस्तै नेपाल सरकारले यातायात क्षेत्रमा लागु गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम पदार्थको ढुवानी साधनमा समेत ढुवनी भाडा कायम गर्न व्यवसायीको माग छ । पेट्रोलियम व्यवसायी समेत रहेका एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले तेलको मूल्य वृद्धि हुँदा भाडामा आएको ग्याप मेन्टन गर्न माग गरिएको बताए । ‘७८ रुपैयाँ डिजेलको मूल्य हुँदा निर्धारण गरिएको भाडादर ढुवानी व्यवसायमा छ’ उनले भने, ‘अहिले डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम हुँदा पनि त्यही भाडादर भएकाले त्यो बीचको अन्तर ढुवानीकर्ताले पाउनुपर्ने माग हो ।’ एलपी ग्यास उद्योग संघका अध्यक्ष कुसप्रसाद मल्लीको समेत हस्ताक्षर रहेको विज्ञप्तिमा पनि ढुवानी भाडा समायोजन गर्न माग गरिएको छ । ‘एलपीजी ढुवानी गर्ने बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडाको हकमा डिजेलको मूल्य अत्यधिक वृद्धि भएतापनि हालसम्म भाडा समायोजन नभएकाले तुरुन्त ढुवानी भाडा समायोजन गर्नुपर्ने तथा आगामी दिनमा डिजेलको मूल्य अनुपातमा बढ्दा बढ्ने र घट्दा घट्ने गरी स्वचालित ढुवानी भाडा लागू हुनुपर्ने’ विज्ञप्तिमा उल्लेख छ। त्यस्तै व्यवसायीले पेट्रोलियम ऐन बनाइ कार्यान्वयनमा ल्याउन, एलपीजी विनियमावली, विक्रेता विनियमावली परिमार्जन गर्न पनि  माग राखेका छन् । माग पुरा नभएमा आगामी चैत ५ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो

दैलेख – पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया अन्तर्गतको मुआब्जा वितरणलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका थिए । पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत मुआब्जा वितरण प्रक्रिया अघि बढाएको थियो । भैरवी–१ रावतकोटका २७ घरलाई प्रतिरोपनी १ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा दिने प्रक्रिया अघि बढाएपछि स्थानीयले वि...

ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी हुने गरेको पाइएको छ। भारतबाट पेट्रोलियम पदार्थ लोड गरेर वीरगञ्ज भन्सार नाका हुँदै नेपाल आउने ट्यांकरबाटै तेल तस्करी हुने गरेको छ। वीरगञ्जको आइसिपी भन्सार नाकामा चेकजाँचका क्रममा भारतको बरौनीबाट पेट्रोल लिएर आएको ट्यांकरमा बढी पेट्रोल भएको पाइएपछि पेट्रोलियम पदार्थको तस्करी भन्सार […]

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित

२ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित भएको छ । नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा समायोजनलगायत माग राखी बिहीबारबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तर, नेपाल आयल निगमका केही सञ्चालक नेपाल बाहिर रहेको र उनीहरु आएपछिको सञ्चालक समिति बैठकबाट आवश्यक निर्णय गर्ने सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको […]

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

मुलुकमै पेट्रोलियम पदार्थ उत्पादन गर्ने उद्देश्यसहित दैलेख जिल्लाको ज्वाला क्षेत्रमा जारी पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी …

दैलेखको पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थपियो

दैलेख : पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ। जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो। पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताए। उनले कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनसाथ पेट्रोलियम पदार

पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले...

पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

दैलेख – पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय […]

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न समय थप गरियो

काठमाडौँ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरिएको छ। जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि दुई वर्ष थपिएको हो। पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय […]

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न थपियो दुई वर्ष

दैलेख : पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरिएको छ। जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि दुई वर्ष थपिएको हो।पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा.गणेशनाथ त्रिपाठीले बताए।डा.त्रिपाठीले चिनिया टोली नेपाल आउन साथ दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण

तेस्रो चरण पेट्रोलियम पदार्थ उत्खननका लागि चिनिया टोली

पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केहि समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाएको छ । तस्वीर रासस