एक सातादेखि तिलौराकोट दरबार क्षेत्र पुनः उत्खनन - Naya Patrika

प्राचीन तिलौराकोट दरबार क्षेत्रमा पुनः उत्खनन सुरु भएको छ । विश्व सम्पदा सूचीका लागि प्रस्तावित भएसँगै तिलौराकोट दरबार क्षेत्र उत्खननले प्राथमिकता पाएको हो । दरबार क्षेत्रको जियो फिजिक्स सर्भेपश्चात् विभिन्न तीन स्थानमा अन्वेषण तथा उत्खनन सुरु गरिएको हो ।

सम्बन्धित सामग्री

तिलौराकोटलाई विश्व सम्पदा बनाउन मौर्यकालीन पोखरीको उत्खनन

तिलौराकोटलाई विश्व सम्पदामा सुचीकृत गराउने अभियान अन्तर्गत यस बर्ष फेरी तिलौराकोट दरबार भित्र उत्खनन थालिएको छ।...

लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन

बुटवल । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरूको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानु राजा शाक्य, योजना प्रमुख सरोज भट्टराई सहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो । उक्त अवसरमा विश्व सम्पदा सूचीकृत तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एवं सगरहवालाई बौद्धकालीन पार्कका रूपमा विकास गर्न राष्ट्रिय कार्यशालामा जुट्न पदाधिकारीहरूले निर्देशन दिएको लुम्बिनी विकास कोषले जनाएको छ । कपिलवस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमशः काम गर्दै अघि बढ्ने  कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बताए । उनले  बौद्धकालीन सभ्यताका प्रशस्त अवशेषहरू संरक्षण गर्दै ...

संरक्षणपछि लाेभलाग्दाे भयाे १३ सय वर्ष पुरानो मन्दिर

बुद्धको गृह नगरी तिलौराकोट दरबार परिसर भित्र रहेको प्राचीन मन्दिर सहित तीन सम्पदाको संरक्षण भएको छ । युनेस्कोको समन्वयका तिलौराकोट अध्ययन, अन्वेषण परियोजना अन्तर्गत पुरातात्विक सम्पदाको संरक्षण गरिएको थियो । परियोजनाको तेस्रो चरणमा मध्य भागमा रहेको २५ मिटर लामो दक्षिणी सुरक्षा पर्खाल, पर्खालको बिचमा रहेको सुरक्षा टावर समेत संरक्षण गरिएको छ । भग्नावशेष उत्खनन गरी नयाँ इँटा जोडेर जमिन भन्दा एक मिटर उच्च बनाइएको छ । उत्खनन्का क्रममा फेला परेको पोस्ट होल ( इँटा प्रयोग हुनु अगाडि घर बनाउन प्रयोग गरिएको काठ बाँस गाडिएको प्वाल ) समेत संरक्षण गरिएको लुम्बिनी विकास कोषका पुरातत्तव अधिकृत हिमाल उप्रेतीले बताउनुभयो । संरक्षण गरिएको मन्दिरमा सातौंै शताव्दी