गृह मन्त्रालयले गठन गरेको अध्ययन समितिले नेपाल र चीनबीच हुम्ला जिल्लामा सीमा समस्या रहेको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित समितिले केही दिनअघि मन्त्रालयलाई बुझाएको अध्ययन प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।