चिकित्सक मृत्यु प्रकरण : उच्चस्तरीय छानबिन गर्न आफन्तको माग
विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत चिकित्सक मृत भेटिएपछि नियोजित रूपमा हत्या गरिएको भन्दै हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै आफन्त तथा स्थानीयले मंगलबार सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन् ।
धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरु गरेको छ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो । समितिले घटनास्थल, मृतकका माइती तथा ससुराली पक्षका आफन्त, छिमेकी, आरेक नेपालका प्रतिनिधिलगायतसँग जानकारी …
महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्युबारे थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । फार्मेसी अधिकृत पोखरेलले शुक्रबार बिहान अस्पतालको फार्मेसीको स्टोरभित्र कपडाको पासो लगाई आत्महत्या गर्नुभएको थियो । चिकित्साशास्त्र अध्ययन संस्थानले आत्महत्याका सम्बन्धमा थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।