चिनियाँ राष्ट्रपति सी जिन पिङले नेपाल चीन विकासित सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताउनुभएको छ । उहाँले नेपालमा चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५औ बार्षिकोत्सवका अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिनुहुँदै सो कुरा बताउनु भएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।